मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सफल होला ऋचाको कमब्याक ?

फिल्मीखबर, काठमाण्डौ, 2017/12/07
 
'नाई नभन्नू ल' गर्ल ऋचा सिंह ठकुरीले विवाहपछि नेपाली फिल्ममा कमब्याक गरेकी छिन् । दर्जन बढी फिल्ममा अभिनय गरेपनि ऋचाको सबैभन्दा सफल फिल्म 'नाई नभन्नू ल'लाई मानिन्छ । तर, ऋचा पछिल्लो समय भने गुमनाम जस्तै भएकी थिइन् । न उनी अभिनीत कुनै फिल्म रिलिज भएका थिए न त मिडियामा नै उनको कुनै चर्चा सुनिएको थियो । 
 
राज थापासँग विवाह गरेपछि एकाएक नेपाली फिल्मबाट हराएकी ऋचाले केही वर्षको अन्तरालपछि फिल्म 'सुपर गोर्खे'बाट कमब्याक गरेकी छन् । यो फिल्म मंसिर २९ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्मलाई ऋचा आफैंले निर्माण गरेकी हुन् भने उनका श्रीमान राजले निर्देशन गरेका हुन् । 
 
कुनै समयकी ब्यस्त नायिकाको रुपमा चिनिएकी ऋचाका लागि 'सुपर गोर्खे' अग्निपरिक्षा बनेको छ । विवाहपछि नेपाली नायिकाहरु फिल्मबाट हराउँदै गएको अवस्थामा 'सुपर गोर्खे'ले नै ऋचालाई फेरि फिल्ममा व्यस्त रहने वा गुमनाम बनाउने भन्ने तय गर्छ । यसकारण पनि ऋचाका लागि यो फिल्म हिट हुन अत्यन्त आवश्यक छ । 
 
अविर हाउस प्रोडक्सनमा बनेको फिल्मले दैवी शक्तिबिना समाजका शक्तिशाली व्यक्तिहरुको कथा बताउँछ । फिल्ममा ऋचासँगै सुरजसिंह ठकुरी, निराज लुईंटेल, भुपेन्द्र खत्री, सचिन केसी लगायतको कलाकारहरुको अभिनय रहेको छ ।