मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नाजीरलाई भोट माग्दै कामेश्वर (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2017/12/07
 
आज दोस्रो चरणको प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचन भइरहेको छ । विभिन्न राजनीतिक पार्टीबाट उम्मेदवार बनेका नेताहरुले जनताको घर-घरमा पुगेर आफ्नो लागि भोट मागिसकेका छन्  । यतिबेला देश चुनावमय बन्दै गर्दा नायक नाजीर हुसैन पनि उम्मेदवार बनेका छन् । उनलाई कलाकार कामेश्वर चौरासियाले भोट मागिरहेका छन् । 
 
उनीहरु ‘टाँगा’मा बसेर आफ्नो पार्टीको झण्डा फहराउँदै जनतासँग भोट माग्दैछन् । आश्चर्यमा नपर्नुहोस्, नाजीरका लागि कामेश्वरले रियलमा होइन फिल्म 'राज्जा रानी'मा भोट मागेका हुन् । पुष २१ गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्मको हालैमा निर्माण पक्षले दोस्रो टीजर सार्वजनिक गरेको छ । टीजरमा नाजीर र कामेश्वरलाई मात्र प्रस्तुत गरिएको छ । 
 
आर्यन फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित तथा याम थापा निर्देशित यो फिल्मको सम्पूर्ण छायांकन नेपालगञ्जको पठारमा गरिएको हो । प्रेमकथामा आधारित ‘राज्जा रानी’लाई रमेश एमके पौडेलले निर्माण गरेका हुन् । 
 
फिल्ममा केकी र नाजीरका अलावा कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, संगीता नापित, अरुण रेग्मी, दीपक क्षेत्री, विनोद निरौला, अनोज पाण्डे, अशोक आचार्य, अनुज थापा लगायतका कलाकारहरुको पनि अभिनय छ । 
 
फिल्मले पश्चिम तराईस्थित सानो जनजाति समुदायको संवेदना र प्रेमकथा चित्रण गर्छ । निर्देशक एवं पटकथा लेखक थापाले पहिलोपटक मधेशी कन्टेन्टमा फिल्म निर्देशन गरेका छन् । 
 
फिल्ममा ताराप्रकाश लिम्बु र दीपक शर्माको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको नृत्य निर्देशन रहेको छ । यो फिल्म मैथिली भाषामा पनि प्रदर्शन हुँदैछ । 
 
भिडियो :-