मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

‘योमरी पुन्ही’ पर्वमा ‘फिर्के’ प्रचार

फिल्मीखबर, काठमाण्डौ, 2017/12/06
 
पुष २१ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘फिर्के’ टीमले शनिवार नेवार समुदायले विशेष उल्लासका साथ मनाउने ज्यापु दिवस तथा ‘योमरी पुन्ही’ पर्व मनाएको छ ।
 
‘फिर्के’ निर्माता तथा कलाकार सुलेमान शंकर ‘ईकु’, निर्देशक रवि डंगोल लगायत फिल्मका अन्य सदस्यले सुन्धारा मंगलटोलबाट असन हुँदै हनुमान ढोकासम्म भएको र्‍यालीमा समेत सहभागी भएका थिए । 
 
‘ईकु’ले फिल्मीखबर डटकमसँग कुराकानी गर्दै भने, ‘हामी फिल्मको पोस्टरसहित र्‍यालीमा सहभागी भएका थियौं । धेरैलाई ‘फिर्के’ पुष २१ गतेबाट प्रदर्शनमा आउँदैछ भन्ने थाहा भएको सुन्न पाउँदा निकै खुसी लाग्यो ।’
 
यसअघि 'ईकु' र 'ईकु २' फिल्मका निर्माता समेत रहेका कलाकार सुलेमान शंकरले ‘फिर्के’मा ‘ईकु’ भन्दा फरक भूमिकामा अभिनय गरेको बताए ।
 
 
र्‍यालीमा सहभागी हुने क्रममा सुलेमान नेवारी पहिरनमा ठाटिएका थिए ।‘फिर्के’मा अर्पण थापा, सुलेमान शंकर, ऋचा शर्मा, क्रिष्टिना पौडेल, बिष्णु सापकोटा, अर्जुन गुरुङ्, उज्ज्वल भण्डारी, पुरन थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ । 
 
अष्ट महर्जनको द्वन्द्व निर्देशन रहेको ‘फिर्के’मा मित्र डि. गुरुङको सम्पादन तथा राम कुमार केसीको छायांकन रहेको छ । बिश्व नेपाली र सुवास भुषालको संगीत रहेको यस फिल्ममा दुई गीत रहेका छन् ।