मिति : २०८१ वैशाख ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बक्स अफिसमा सनीको चलेन जादु

एजेन्सी, मुम्बई, 2017/12/06
 
बलिउडमा आफ्नो हट अन्दाजका कारण चर्चित बनेकी अभिनेत्री सनी लियोनीको बोल्डनेसको जादु ठूलो पर्दामा चल्न सकेको छैन । गएको शुक्रवार प्रदर्शनमा आएको फिल्म 'तेरा इन्तजार' बक्स अफिसमा नराम्रोसँग पछारिएको छ । 
 
यो फिल्ममा सनी लियोनीसँगै अभिनेता अरबाज खानको पनि मुख्य भूमिका छ । यो फिल्मले चार दिनमा १ करोड ७४ लाख मात्र व्यापार गरेको छ । पहिलो दिन ४६ लाख, दोस्रो दिन ४५ लाख, तेस्रो दिन ५८ लाख र चौथो दिन २५ लाख मात्र फिल्मले कलेक्सन गर्न सफल भयो । 
 
फिल्मका निर्देशक राजीव वालिया हुन् । 'तेरा इन्तजार'मा सनी र अरबाजका अलावा गौहर खान र अभिनेता आर्य बब्बरको पनि अभिनय रहेको छ । फिल्मलाई अमन मेहता र बिजल मेहताले प्रोड्यूस गरेका हुन् । फिल्मको ट्रेलरलाई दर्शकहरुले निकै रुचाएका थिए । 
 
योसँगै सनी लियोनीमाथी फिल्मांकन गरिएको गीत 'सेक्सी बार्बी गर्ल' पनि निकै चर्चित भएको थियो । तर, फिल्म हेरेपछि समीक्षक र दर्शकले 'तेरा इन्तजार'लाई यस वर्षको सबैभन्दा झुर फिल्म भनेका छन् ।