सिक्स प्याक हिरो आर्यन अधिकारी अहिले आफ्नो नयाँ फिल्मको सुटिङमा व्यस्त छन् । नवलपरासीमा छायांकन भइरहेको फिल्म 'बाँध मायाले'मा आर्यनसँग नायिका सृष्टि श्रेष्ठको जोडी बाँधिएको छ । अहिले नायक सौगात मल्लसँगको प्रेममा चुर्लुम्म डुबेकी सृष्टिको यो तेस्रो फिल्म हो ।
'गाजलु'बाट डेब्यू गरेकी उनको दोस्रो फिल्म 'रोमियो एण्ड मुना' यसै वर्षको फागुन ११ गतेबाट प्रदर्शनमा आउँदैछ । पहिलो पटक एकसाथ स्क्रिन गरेका कारण पनि आर्यन र सृष्टिको यो फिल्म प्रतिक्षित बनेको छ । अर्जुन बनेका आर्यन र श्रद्धा बनेकी सृष्टिको यो फिल्मलाई सविर श्रेष्ठले निर्देशन गरिरहेका छन् ।
हालैमा आर्यनले सृष्टिसँगका दुई फोटो आफ्नो आधिकारीक फेसबुक पेजमा शेयर गरेका छन् । फोटोमा यो जोडीको केमेष्ट्री लोभलाग्दो देखिन्छ । तश्वीरमा फिट देखिएको यो जोडी पर्दामा चाहिं कति हिट हुने हो त्यो भने हेर्न बाँकी छ ।
'बाँध मायाले'मा आर्यन र श्रृष्टीसँगै राजाराम पौडेल, विशाल चाम्लिङ, किशोर खड्काको अभिनय रहेको छ ।