मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बैतडीमा अर्जुन र परिणिती

फिल्मीखबर, काठमाण्डौ, 2017/12/06
 
फिल्म ‘सन्दिप और पिंकी फरार’का लागि बलिउड स्टार अर्जुन कपूर र परिणिती चोपडा नेपाल आएका छन् । मंगलवारबाट नेपाल र भारतको सीमा क्षेत्र बैतडीको झुलघाटबाट फिल्मको सुटिङ सुरु भएको छ । परिणितीले आफ्नो आधिकारीक इन्स्टाग्राममा एक तश्वीर शेयर गर्दै आफू नेपालमा रहेको जानकारी दिएकी छिन् । न्यानो कपडा लगाएकी परिणितीको नजिकै  हिटर बलिरहेको छ । 
 
अर्जुन कपुर र परिणिति चोपडा अभिनित यो फिल्मको पहिलो सेड्युलको छायांकन नयाँ दिल्लीमा सकिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार, फिल्मका निर्माताले सुन्दरता, ग्रामीण परिवेश र पहुँचयोग्य स्थान भएकाले नेपाल र भारतको सीमाना छनौट गरेको बताएका छन्  । 
 
 
फिल्म बन्ने भएपछि यशराज फिल्मस्ले गत अक्टोबरमा नेपालस्थित सरकारी निकायलाई यो स्थानमा फिल्म छायांकनका लागि अनुमति माग्न पत्र पठाएको थियो ।
 
नेपाल सरकारले पनि फिल्म युनिटलाई रोमान्टिक प्रेमकथाको फिल्म छायांकन गर्न केही सर्त राखेर अनुमति दिएको थियो । तर, ती सर्तमा के उल्लेख गरिएका थिए त्यो भन्ने खुलाइएकोे छैन ।
 
अब झण्डै १५ दिनसम्म अर्जुन र परिणिती नेपालको बैतडी जिल्लामा रहनेछन् । फिल्ममा नायिका परिणिति बैंक र फाइनान्समा काम गर्ने एक युवतीको भूमिकामा छिन् भने अर्जुन चाहिँ हरियाणाको एक पुलिसको भूमिकामा देखिँदैछन् ।
 
फिल्ममा अर्जुन र परिणितीले विवाह गरेपछि नेपाल आएको दृश्य खिचिनेछन् ।