मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रदीपसँग होइन, केकीको भिडन्त रजनीकान्तसँग

फिल्मीखबर, काठमाण्डौ, 2017/12/05
 
नायक प्रदीप खड्का स्टारर फिल्म 'लिलिबिली' बैशाख १४ गते प्रदर्शनमा आउने भएपछि नायिका केकी अधिकारी ठूलो तनावमा थिइन् । किनकी, उनले पहिलो पटक फिल्म निर्माण गरेको फिल्म 'कोहलपुर एक्सप्रेस' यो मितिमा प्रदर्शनमा आउँदैछ ।
 
तर, 'लिलिबिली' चैत ३० मा आउने कन्फर्म भएपछि केही राहत महशुस गरेकी केकीलाई अर्को ठूलो झट्का लागेको छ । अब बैशाख १४ मा केकीले नेपाली फिल्म स्टारसँग होइन बलिउडका सुपरस्टार अक्षय कुमार र साउथ सुपरस्टार रजनीकान्तको फिल्मसँग भिडन्त गर्नुपर्ने भएको छ ।
 
'बाहुबली २' पछि सबैभन्दा बढी चर्चा र प्रतिक्षामा रहेको '२.०' ले हालैमा २७ अप्रिल २०१८ ताक्दै प्रदर्शन मिति घोषणा गरेको छ ।  यही मितिमा नेपाली हलमा केकीको 'कोहलपुर एक्सप्रेस' पनि प्रदर्शनमा आउनेछ । अक्षय र रजनीकान्त लिड नायक भएका कारण '२.०' ले नेपालका अधिकांश मल्टिप्लेक्स हल कब्जा गर्ने पक्का छ ।
 
केकीले पनि विशेषत मल्टिप्लेक्सका दर्शकलाई लक्षित गर्दै फिल्म निर्माण गरेकी हुन् । सिनेवृतमा अब केकीले बैशाख १४ छाड्नुको अरु विकल्प नभएको बहस चल्न थालेको छ । हेरौं, केकीको 'कोहलपुर एक्सप्रेस' यो मितिमा हुईकिन्छ वा ब्रेक लाग्छ ? 
 
केकीसँगै यो फिल्ममा प्रियंका कार्की, ऋचा शर्मा, विनोद न्यौपाने, बुद्धि तामाङ, रविन्द्र झाको अभिनय छ । फिल्मका निर्देशक विशाल भण्डारी हुन् । 'कोहलपुर एक्सप्रेस'ले तीन यूवतीको कथा भन्नेछ ।