मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फ्लप भयो कपिलको ‘फिरंगी’

एजेन्सी, मुम्बई, 2017/12/04
 
कपिल शर्मालाई टिभीको दुनियाँमा कमेडी किंग भन्ने गरिन्छ तर ठूलो पर्दामा उनको जादू चल्न सकेन । गएको शुक्रवारबाट प्रदर्शनमा आएको उनको फिल्म ‘फिरंगी’ बक्स अफिसमा फ्लप भएको छ । यो फिल्मले दर्शकलाई यतिधेरै निराश बनायो कि सिनेमा घरमा अहिले दर्शकको संख्या निकै न्यून छ ।
 
‘फिरंगी’ले सुरुवातको तीन दिनमा मात्र ६ करोड ५० लाख कलेक्सन गरेको छ । रिपोर्ट्सका अनुसार, ‘फिरंगी’ले पहिलो र दोस्रो दिन २-२ करोड कमायो भने तेस्रो दिन साढे २ करोड कलेक्सन गर्‍यो  । यसभन्दा अगाडि कपिलले २०१५ मा फिल्म 'किस किसको प्यार करूं'बाट बलिउडमा डेब्यू गरेका थिए र यो फिल्मलाई दर्शकले खुब रुचाएका थिए । 
 
यो फिल्मले बक्स अफिसमा ५० करोड (लाइफटाइम)को विजनेश गरेको थियो । तर, ‘फिरंगी’ले तीन दिनमा त्यति पनि कमाउन सकेन जति 'किस किसको प्यार करूं'ले एक दिनमा कमाएको थियो । 
 
‘फिरंगी’ कपिलको दोस्रो फिल्म हो, जसलाई राजीन ढिंगराले निर्देशन गरेका हुन् । यो फिल्ममा कपिलसँगै अभिनेत्री ईशिता दत्ता र मोनिका गिलको पनि मुख्य भूमिका छ । ‘फिरंगी’लाई कपिल आफैले निर्माण गरेका हुन् ।