मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रतिमासँग राजवल्लभले लगनगाँठो कसे

फिल्मीखबर, काठमाण्डौ, 2017/12/04
 
करीब ३ महिना अगाडि अमेरिकामा प्रतिमा बिमलीसँग टिकाटालो गरेका नायक राजवल्लभ कोइराला बेहुला भएका छन् । आइतवार अमेरिकाको डिसी महानगर क्षेत्रको स्प्रिङ्गस फिल्डमा दुबै पक्षको आफन्तहरूको उपस्थितिमा राजवल्लभले प्रतिमाको सिउँदो भरे । 
 
प्राप्त जानकारी अनुसार, राजवल्लभ र प्रतिमा लामो समयदेखि अफेयरमा थिए । झापाकी प्रतिमाको परिवार अहिले अमेरिकामा नै बस्दै आएका छन् । बेहुली जीव चिकित्सा अभियन्ता (बायो मेडिकल ईन्जिनियर) हुन् ।
 
 
नेपाली फिल्ममा कुनै समय राजवल्लभको राम्रै चमक थियो । 'पर्खी बसें'  फिल्मबाट नेपाली फिल्मक्षेत्रमा प्रवेश गरेका राजवल्लभले दुई दर्जन बढी फिल्ममा अभिनय गरेका छन् । 
 
उनले अभिनय गरेको हलीउड फिल्म ‘हाइवे टू धम्पुस’ २ वर्ष अगाडि प्रदर्शनमा आएको थियो । 'छ एकान छ' पछि राजवल्लभ अभिनित नेपाली फिल्म दर्शकहरुले हेर्न पाएका छैनन् ।