मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कामना फिल्म अवार्ड पुस २२ मा

फिल्मीखबर, काठमाडौं, 2017/12/03
सिजी कामना फिल्म अवार्ड्सको तेस्रो संस्करण आगामी पुष २२ गते शनिबार राजधानीमा हुने भएको छ । कुल ३२ विधामा हुने अवार्ड समारोह राजधानीको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न हुनेछ ।
 
 
लक्स कामना फिल्म अवार्डस् २०७४ मा चलचित्र छक्का पञ्जा सर्वाधिक धेरै १७ विधाको मनोनयनमा परेको छ । दीपाश्री निरौलाको डेब्यु निर्देशनमा बनेको छक्का पञ्जा उत्कृष्ट चलचित्र, नव निर्देशक, कथा, पटकथा, संवाद, अभिनेत्री, सहअभिनेता, सहअभिनेत्री, खलपात्र, हास्य कलाकार, पाश्र्व गायक, नृत्य निर्देशक, पाश्र्व संगीत, छायांकन, सम्पादन र ध्वनि मिश्रण विधाको मनोनयनमा परेको छ । यो चलचित्रबाट पाश्र्व गायकमा दुई गायक राजनराज शिवाकोटाी र कृष्ण काप्mले मनोयनमा परेका छन् । त्यसै गरी छक्का पञ्जालाई पछ्याउँदै प्रदीप भट्टराईको डेब्यु निर्देशनमा बनेको जात्रा र गाजलु १४÷१४ विधाको मनोयनमा परेको छ । त्यसैगरि निश्चल बस्नेतद्धारा निर्देशित चलचित्र लुट २ एघार विधाको मनोयनमा परेको छ । 
 
सम्मान चलचित्रको ः उत्सव उत्कृष्टताको भन्ने मान्यताबमोजिम नेपाली चलचित्र क्षेत्रको महाउत्सवका रुपमा हुने अवार्ड समारोहमा चलचित्र क्षेत्रमा पु¥याएको योगदानको आधारमा कला र प्रविधि क्षेत्रबाट एक एकजनलाई जनही १ लाख रुपियाँ नगदसहित कीर्तिमय दीर्घ योगदान सम्मान (लाइफ टाइम अचिभमेन्ट अवार्ड) अर्पण गरिनेछ । त्यसै गरी निर्णायक मण्डलको निर्णयका आधारमा प्रतियोगितामा रहेको एक फिल्म, कलाकार वा प्राविधिकलाई जुरी अवार्ड प्रदान गरिनेछ । संगीत, फेशन र नाट्य विधामा सिजी क्रिटिक्स अवार्ड पनि प्रदान गरिनेछ ।