मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 2.50/5.00)
Text size:-
+
-

पछि आयो लिलीबिली

फिल्मीखबर, काठमाडौं, 2017/12/03
वैशाख १४ लाई रिलिज मिति तय गरेको लिलीबिली दुई हप्ता अगाडि आएको छ । स्टकल्यान्डमा धमाधम सुटिङ भइरहेको फिल्मले रिलिज मिति प्रिपोन्ड गरेको हो । फिल्म चैत ३० मा रिलिज हुन लागेको हो । तर निर्माता गोविन्द शाहीले पहिलेदेखि नै फिल्मको रिलिज मिति चैत नै रहेको बताए । 
 
 
‘मौसम र प्राविधिक कारणले फिल्म नसकिएला कि भन्ने थियो त्यही भएर वैशाख १४ लाई रिलिज मिति अप्सनमा राखेका थियौं । तर, फिल्मको ६० प्रतिशत सुटिङ सकिएकाले यही वर्ष आउने निधो गरेका हौं,’ शाहीले भने । तर, चैत ३० मै तमिल फिल्म २.० रिलिज हुने सम्भावना छ । माघमा रिलिज हुन लागेको रजनीकान्त ,अक्षय कुमार अभिनित जनवरीबाट सरेर अप्रिलमा पुगेको थियो । यदि २.० निर्धारित मितिमै रिलिज हुने हो भने चाहिँ लिलीबिलीलाई अप्ठ्यारो पर्न सक्छ । २.० बाहुबलीपछि भारतमा प्रतिक्षित फिल्म मानिएको छ । 
लिलीबिलीमा प्रदिप खड्का, प्रियंका कार्की र जसिता गुरुङको अभिनय रहेको छ ।