मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सारालाई निखिलको भर, ‘पिंजडा’ले उकास्ला ?

फिल्मीखबर, काठमाडौं, 2017/12/03

सबै कलाकारलाई डेब्यु फिल्मको भर खुब हुन्छ किनकी फिल्मी करिअर उकास्ने वा निमोठ्ने त्यो डेब्यु फिल्मले नै निर्धारण गर्छ । कतिले इन्ट्रीमै रसबरीको मिठो स्वाद चाख्छन् भने कतिलाई पहिलो गाँसमै ढुंगा लाग्छ । 'रुद्र' नायिका सारा सिर्पालीलाई एक्सन स्टार निखिल उप्रेतीको साथले पनि ठसमस गराउन सकेन । साराको डेब्यु फिल्म थियो 'रुद्र' अनि नायक थिए निखिल । एक समय पोष्टरमा निखिलको अनुहार मात्र अटेपनि उनका फिल्म हिट हुन्थे । तर, अहिले समय फेरिएको छ ।

 

पछिल्लो समय निखिलको क्रेज 'पानी विनाको माछा झैं' भएको छ, जुन कुरा उनी अभिनीत 'लुटेरा', 'किंग', 'निर्भय', 'रुद्र', 'राधे' लगायतका फिल्मको असफलताले पनि प्रमाणित गर्छ । एक समय निखिलको फिल्मबाट डेब्यु गर्ने नायिकाहरुको राम्रै चर्चा हुन्थ्यो । तर, सारा अहिले गुमनाम जस्तै छिन् ।'रुद्र'को असफतापछि उनी पुनः निखिलसँग फिल्म 'पिंजडा ब्याक अगेन'मा देखिँदैछिन् । 'रुद्र'पछि सारालाई चुनौती थपिएको छ किनभने अब आफ्नो फिल्मी करिअर बचाउन उनका लागि 'पिंजडा ब्याक अगेन' जसरी पनि हिट हुनै पर्छ ।

 

'रुद्र' फ्लप फिल्मको सूचीमा सुचिकृत भएपनि सारालाई भने सम्भावना बोकेको नायिकाको रुपमा हेरिएको छ, यसकारण पनि 'पिंजडा' उनको अग्नि परिक्षा हो भन्दा सायद गलत नहोला । सारालाई मात्र होइन यो फिल्म निखिलका लागि पनि चल्न आवश्यक छ । 'पिंजडा ब्याक अगेन' माघ ४ गतेबाट प्रदर्शनमा आउँदैछ ।आशा गरौं, फेरि निखिलको खातामा वर्षौपछि एक नयाँ हिट फिल्मको आगमन हुनेछ अनि सारालाई 'पिंजडा'ले एक सफल नायिकाको पहिचान दिनेछ ।