Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

अष्ट्रेलिया पुगेर खुलिन् साम्राज्ञी

फिल्मीखबर, काठमाण्डौ, 2017/12/01
 
पछिल्लो समय ड्रेसअपका कारण पनि राम्रै चर्चा अनि गसिपकी पात्र बनिरहेकी 'ए मेरो हजुर २' की अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अहिले आफ्नो पहिलो विदेश भ्रमण इन्जोय गरिरहेकी छिन् । 
 
आफू अभिनीत दोस्रो फिल्म 'ए मेरो हजुर २' को प्रिमियरका लागि अष्ट्रेलिया पुगेकी साम्राज्ञीले केही दिन अगाडि लगाएको रातो अफ–सोल्डर (मोडिफाइड) जम्पर पहिरनले ठूलै चर्चा पाएको थियो । 
 
'ए मेरो हजुर २' को सिड्नी प्रिमियरमा लगाएको पहिरनको चर्चा सेलाउन नपाउँदै उनी अष्ट्रेलियाको समुन्द्री किनारमा (टु पिस) बिकिनी अवतारमा देखिएकी छिन् । झरना थापासँग मस्ती गरिरहेकी साम्राज्ञीको हट अवतारलाई अहिले इन्टाग्राममा राम्रै लाइक्स मिलिरहेको छ । 
 
तश्वीरमा साम्राज्ञीको अगाडि झरना कुल देखिएकी छिन् । बेलायतले 'इन्टु मिन्टु लन्डनमा' नामक फिल्मको छायांकनका लागि भिषा नदिएपछि नायक आर्यन सिग्देलको होम प्रोडक्शनको फिल्म 'कायरा' साइन गरेकी साम्राज्ञी अझै एक हप्ता अष्ट्रेलियामा नै रहनेछिन् । 
 
 
उनी 'ए मेरो हजुर २' को ३ वटा प्रिमियरमा सहभागी हुन अष्ट्रेलिया पुगेकी हुन् । साम्राज्ञीलाई यसअघि उनका प्रशंसकले बिकिनी अवतारमा देखेका थिएनन् । उनको ट्रेन्डी लुक्सको भने प्रायः चर्चा हुने गर्छ । साम्राज्ञी अभिनीत तेस्रो फिल्म 'तिमीसँग' यसै वर्षको चैत २३ गतेबाट प्रदर्शनमा आउँदैछ । 
Most Visited News (monthly)