मिति : २०८१ ज्येष्ठ ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘शत्रु गते’मा आँचल बनिन् ‘डाक्टर’ सन्ध्या

फिल्मीखबर, काठमाण्डौ, 2017/12/01
 
‘नाई नभन्नू ल ४’ बाट नेपाली रजतपटमा भित्रिएकी नायिका आँचल शर्माले दोस्रो फिल्म ‘जोनी जेन्टलम्यान’ दोस्रो पटक पनि नायक पल शाहसँग गरिन् । अब पल र आँचलको जोडी तेस्रो पटक फेरि पर्दामा आउँदैछ । ‘जोनी जेन्टलम्यान’ बक्स अफिसमा असफल हुँदा केही निराश देखिएको यो जोडी हाल छायांकनरत फिल्म ‘शत्रु गते’बाट भने निकै आशावादी छ । 
 
यो फिल्ममा पनि पल र आँचलको जोडी बाँधिएको छ । कमेडी फिल्म बताइएको ‘शत्रु गते’मा दीपाश्री निरौला, दीपकराज गिरी, प्रियंका कार्की, शिवहरी पौडेल, हरिवशं आचार्य, मदनकृष्ण श्रेष्ठ लगायतका कलाकारहरुको पनि अभिनय छ । फिल्ममा दीपाश्री र हरिवंश श्रीमान-श्रीमतिको भूमिकामा देखिँदैछन् । केही दिन अगाडि दीपाले हरिवंशलाई ट्याक्टरमाथी बसेर छाता ओढाएको तश्वीर बाहिर आएको थियो ।
 
यस्तै, नायिका आँचल शर्माले पनि फिल्मको सुटिङ सेटबाट आफ्नो लुक्स सार्वजनिक गरेकी छिन् । बिहीवार आफ्नो आधिकारीक फेसबुकमा उनले एक तश्वीर शेयर गरेकी छिन्, जसमा उनी ‘डाक्टर’को ड्रेसमा देखिएकी छिन् । उनको पछाडि केही स्वास्थ्य सम्बन्धि जानकारी दिने पान्नाहरु टाँसिएका छन् । उनले फोटोसँगै क्याप्सनमा लेखेकी छिन्, ‘मिट सन्ध्या । फ्रम शत्रुगते । चैत ९ । आर यू एक्ससाइटेड ।’ उनले फिल्ममा आफ्नो नाम सन्ध्या रहेको पनि खुलासा गरिन् । 
 
 
यो फिल्म मह सञ्चारको प्रस्तुती र किरण केसीको निर्माणमा बन्न लागेको हो । ‘शत्रु गते’लाई जात्रा फेम निर्देशक प्रदीप भट्टराईले निर्देशन गरिरहेका छन् ।  फिल्ममा हरिवंश आचार्यको कथा, दीपकराज गिरी र प्रदीप भट्टराईको पटकथा, हरिवंश आचार्य र प्रदीप भट्टराईको संवाद छ । फिल्ममा दीर्घ गुरुङको छायांकन, कविराज गहतराजको नृत्य र राजनराज सिवाकोटीको गीत तथा संगीत सुन्न सकिनेछ ।