मिति : २०८१ ज्येष्ठ ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

यसरि घटाइन् जरीनले ४३ केजी तौल

एजेन्सी, मुम्बई, 2017/12/01
 
सुपरस्टार सलमान खानकोे फिल्म ‘वीर’बाट बलिउडको यात्रा तय गरेकी अभिनेत्री जरीन खानको तौल कुनै बेला सय केजी थियो । सलमानले फिल्ममा लिने पक्का गरेपछि उनलाई पहिलो शर्त तौल कम गर्नुपर्ने राखेका थिए । जरीनले प्रयास गरिन् तर पूर्ण सफल भइनन् । 
 
जसका कारण फिल्म ‘वीर’ रिलिजपछि हिरोइनको मोटोपनमाथि समिक्षकले कटाक्ष गरेका थिए । त्यसपछि भने जरीनले आफूलाई पूरै परिवर्तन गरिन् । ४३ किलो तौल घटाएर ५७ पुर्‍याइन् । जंकफुडकी सौखिन उनले यहीँबाट बानी सुधार गर्न  थालिन् । तौल घटाउने उनको तरिका भने ८० प्रतिशत खानामा नियन्त्रण र २० प्रतिशत एक्सरसाइज हो ।
 
अहिले त उनले खानपानदेखि एक्सरसाइजसम्मको रुटीन नै बनाएकी छिन् । उनी बिहानै खाली पेटमा १ लिटर पानी पिउँछिन् । बिहानको खाजामा ब्राउन ब्रेड टोस्ट र फलफूल हुन्छ । दिउँसो भेजेटेबल सुप पिउने गर्छिन् ।
 
 
दिउँसोको खानामा भने भात र ग्रिल्ड चिकेन हुन्छ तर थोरै मात्रामा । उनले बेलुकी खाना खान छाडेको धेरै भइसकेको छ । उनी बेलुकी ब्वाइल्ड तरकारी खाने गरेको बताउँछिन् । सुरुमा जरीनले स्वीमिङ, जगिङ र जिममा धेरै समय बिताइन् ।
 
अहिले भने बिहान जगिङ, कार्डियो वर्कआउट, तौल घटाउने तालिम र योगा गर्छिन् । सुरुमा मोटी भनेर जिस्काउनेहरुलाई अचेल उनी उल्टै जिस्क्याउँछिन् ।