मिति : २०८१ ज्येष्ठ ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हलमा छैनन् नयाँ फिल्म, ‘फाटेको जुत्ता’ रि-रिलिज

फिल्मीखबर, काठमाण्डौ, 2017/12/01
 
प्रत्येक हप्ताको शुक्रबार आफ्नो फिल्म प्रदर्शन गर्न हानाथाप गर्ने निर्माताहरु यो हप्ताको शुक्रबार भने कुना पसेका छन् । किनकी, यो हप्ताको शुक्रबार नयाँ भनिएका कुनै पनि नेपाली फिल्म प्रदर्शनमा आएका छैनन् । मंसिर १ गतेबाट प्रदर्शनमा आएको सौगात मल्ल र बेनिशा हमाल स्टारर फिल्म 'झ्यानाकुटी' बाहेक अन्य नाम सुनिएका फिल्म हल पसेका छैनन् । 
 
पहिलो चरणको प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका कारण गएको हप्ता कुनै पनि ठूला भनिएका नेपाली फिल्म प्रदर्शन नआउँदा 'झ्यानाकुटी'ले केही राहत महशुस गर्‍यो । हुनत, नामै नसुनिएको 'जुन त लाग्यो ताराले' नामक फिल्म गएको हप्ता मध्यम वर्गिय दर्शकलाई लक्षित गर्दै प्रदर्शनमा आएको थियो । तर, यो फिल्मले आफ्नो शोमा दर्शकको मुख नै देख्न पाएन । 
 
मंसिर २१ गते हुने दोस्रो चरणको प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका कारण यो हप्ता कुनै पनि नेपाली फिल्म प्रदर्शनमा नआएका हुन् । नेपाली मात्र होइन बलिउडका प्रतिक्षीत भनिने फिल्म पनि नेपालका मल्टिप्लेक्समा लागेका छैनन् । यही मौकाको फाइदा सौगात मल्ल र प्रियंका कार्की स्टारर फिल्म 'फाटेको जुत्ता'ले उठाएको छ । 
 
यो फिल्मलाई शुक्रवारबाट क्यूएफएक्सले २ शो उपलब्ध गराएको छ । राजधानीको कुमारी हलमा आजबाट पुनः 'फाटेको जुत्ता' प्रदर्शनमा आएको छ । निर्माता अर्जुन कुमारले पहिलो हप्तामै फिल्म हिट भएको भन्दै सिक्वेलको समेत घोषणा गरिसकेका छन् । 
 
निर्वाचनको प्रत्यक्ष असर यतिबेला नेपाली फिल्मको रिलिज र व्यापारमाथी परेको छ । निर्वाचन सकिए लगत्तै भने मंसिर २९ गते 'सुपर गोर्खे' र 'माई लभ' नामक नेपाली फिल्म प्रदर्शनमा आउँदैछन् । यस्तै, पुषको पहिलो हप्ता बलिउडस्टार सलमान खान अभिनीत फिल्म 'टाइगर जिन्दा हे' ले नेपाली हलमा एकल प्रदर्शनको मौका पाएको छ ।