मिति : २०८१ ज्येष्ठ ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘दिपज्योती’ ट्रेलरमा सरोजको एक्सन अवतार

फिल्मीखबर, काठमाण्डौ, 2017/11/30
 
मंसिर २२ गतेलाई प्रदर्शन मिति तोकिएको फिल्म ‘दिपज्योती’को ट्रेलर सार्वजनिक भएको छ । फिल्मको सार्वजनिक ट्रेलरमा नायक सरोज खनालको एक्सन अवतार देखाइएको छ । 
 
फिल्ममा खुश्वु खड्का, रजनी केसी, सरोज खनाल, नीर शाह, प्रमोद द्विप, पुश्कर रेग्मी, दिपेन्द्र कोईराला, सुमित थापा, प्रिती बुढाथोकी लगायतको अभिनय छ । 
 
एनपी फिल्मस् को व्यानरमा बनेको ‘दिपज्योती’लाई नारायण मैनालीले निर्देशन गरेका हुन् । यो फिल्ममा रामजी लामिछानेको नृत्य तथा सम्राट बस्नेतको द्वन्द्व समावेश छ । रामशरण उप्रेती र राहुल राईले फिल्म खिचेका छन् ।
 
प्रेमको लागी आवश्यक त्याग तथा त्यससँगै उत्पन्न परिस्थितीले निम्त्याउने द्वन्द्वको वरिपरी फिल्म घुमेको छ । कृष्ण खनाल प्रस्तुतकर्ता रहेको फिल्ममा निरन्जन ठाकुर र अञ्जना राई ठकुरी निर्माता छन् । ‘दिपज्योती’को कार्यकारी निर्माता रामकृष्ण अधिकारी हुन् । 
 
ट्रेलर हेर्नुहोस् :-