मिति : २०८१ ज्येष्ठ ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘हैरान’का ‘ह्यान्डसम भिलेन’ वसिम

फिल्मीखबर, काठमाण्डौ, 2017/11/30
 
यस वर्षको हिट फिल्म फिल्म ‘ऐश्वर्य’मार्फत भिलेनको रुपमा प्रशान्त ताम्राकारले राम्रै चर्चा पाए । उनलाई खलपात्रको परिभाषा नै बदल्ने कलाकार समेत भनियो । ‘ह्यान्डसम भिलेन’ प्रशान्तपछि यतिबेला निर्माता-निर्देशक एन्टागोनिस्ट फोकसमा लागेका छन ।
 
फिल्मको प्रोटोगोनिस्टलाई अवरोध उत्पन्न गर्ने एन्टागोनिस्ट सशक्त हुन उत्तिकै आवश्यक छ । यसैले गर्दा पनि फिल्म ‘हैरान’ युनिटले एन्टागोनिस्टलाई अगाडि ल्याएको छ । करातेको समेत खेलाडी रहेका एमडी वसिम राजाले फिल्ममा भिलेनको भूमिका निर्वाह गरेका छन् । 
 
फिल्मका निर्माता तथा कलाकार गजित बिष्टको समेत खेलाडी गुरु रहेका वसिमको कामको चर्चा फिल्म युनिटले गर्न थालेको छ । ‘उहाँको अभिनयले हामी सबैलाई प्रभावित बनाएको छ’, गजित भन्छन-‘हामी झैँ दर्शकले पनि वसिम दाईलाई रुचाउनुहुन्छ भन्नेमा ढुक्क छौ ।’ फिल्मलाई गजितकै छोरा सौगात विष्टले निर्देशन गरेका छन् । 
 
 
विश्वकै कान्छा निर्देशकसँग काम गर्दा रमाइलो लागेको वसिम बताउँछन् । ‘मेरो नेपाली फिल्ममा पहिलो काम हो’, वसिम भन्छन-‘यहाँ कलाकार र प्राविधिकले गर्ने कामको सम्मान गर्छु ।’ उनी नेपालीमै बोल्छन् । 
 
फिल्ममा गजित र वसिमसँगै सत्यराज आचार्य , निश्मा घिमिरे , सरोज खनाल , बुद्धि तामाङ , पुष्कर रेग्मी लगायतको अभिनय रहेको छ । डबिङको अन्तिम चरणमा रहेको फिल्मलाई आउँदो बैशाखमा रिलिज गर्ने लक्ष्य निर्माण पक्षको रहेको छ ।