मिति : २०८१ ज्येष्ठ ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आलियाले यसकारण गरिनन् प्रभासको ‘साहो’

एजेन्सी, मुम्बई, 2017/11/30
 
'बाहुबली' फेम प्रभास हाल आफ्नो नयाँ फिल्म ‘साहो’ को सुटिङमा व्यस्त छन् । यसमा प्रभासको अपोजिट हिरोइनलाई फाइनल गर्न लामो समय लागेको थियो । अनुष्का शेट्टीदेखि हिरोइनको खोजी अन्तिममा श्रद्धा कपूरमा आएर रोकियो । हालैमा यो लिस्टमा एक नयाँ नाम बाहिर आएको छ । 
 
भारतीय मिडियाका अनुसार, यो फिल्मको अफर बलिउडकी चुलबुली तथा ट्यालेन्टेड स्टूडेन्ट आलिया भट्टलाई पनि गरिएको थियो । अनुष्का शेट्टीको कास्टिङमा कुरा नमिलेपछि आलिया भट्टलाई फिल्मका मेकर्सले ‘साहो’ अफर गरेका थिए । सुत्रका अनुसार, प्रभास र आलियाको यो जोडीलाई लिएर करन जोहर पनि निकै उत्साहित थिए । 
 
करनले आलियालाई फिल्म साइन गर्नका लागि आग्रह पनि गरेका थिए । तर, आलियाले ‘साहो’मा प्रभासको अपोजिटमा कम रोल भएका कारण फिल्म साइन गरिनन् । केही वर्षयता आलियासँग फिल्मको कमी छैन । पछिल्लो समय उनलाई राम्रो फिल्म छान्ने अभिनेत्री समेत भन्ने गरिन्छ । आलियाले पनि फिल्म रिजेक्ट गरेपछि यो भूमिका श्रद्धा कपूरलाई मिलेको हो । 
 
हुनत्, केही महिना अगाडि एक फ्यानसँग ट्विटरमा च्याट गर्ने क्रममा आलियाले आफ्नो फेवरेट साउथ एक्टर प्रभास बताएकी थिइन् । उनले यो पनि भनेकी थिइन् कि प्रभाससँग काम गर्ने मौका कुनै पनि हालतमा गुमाउने छैन । तर, आलियाले ‘साहो’मा प्रभासको अपोजिट काम गर्न अस्वीकार गरिन् । आलिया कुनै पनि अवस्थामा आफ्नो फिल्म र भूमिकामा सम्झौता गर्दिनन् ।