मिति : २०८१ ज्येष्ठ ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हैट ! वर्षाको प्रेममा बुद्धि

फिल्मीखबर, काठमाण्डौ, 2017/11/30
 
'मेरी बास्सै'को 'हैट' क्यारेक्टरबाट दर्शकहरूबीच राम्रोसँग चिनिएका बुद्धि तामाङ अहिले नयाँ फिल्म 'भैरे'को छायांकनमा व्यस्त छन् । यो फिल्ममा उनी पहिलो पटक प्रेमी बन्दैछन् । 'भैरे'मा नायिका वर्षा सिवाकोटीसँग उनले रोमान्स गरेका छन् । यो फिल्ममा वर्षा र कबड्डी ‘फेम’ बुद्धि प्रेम-प्रेमिकाको भूमिकामा देखिँदैछन् । 
 
नायिका वर्षाले फिल्मको सुटिङ सेटबाट बुद्धिसँगको एक फोटो फेसबुकमा अपलोड गरेकी छिन् । फोटोसँगै उनले क्याप्सनमा लेखेकी छिन्, 'हैट' । हाल मुस्ताङमा छायांकन भइरहेको यो फिल्मलाई एभरेष्ट सूर्य बोहोरा निर्देशन गरिरहेका छन् । 
 
फिल्ममा दयाहाङ राई, सुनिल थापा, विक्रान्त बस्नेत, सुरक्षा पन्त, वर्षा सिवाकोटी, बुद्धि तामाङ, अनुभव रेग्मी, जाहन्वी बोहोरा लगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्ममा दया 'भैरे' बन्दैछन् । उनको जोडीको रुपमा सुरक्षा देखिँदैछिन् ।