मिति : २०८१ ज्येष्ठ ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.50/5.00)
Text size:-
+
-

झरना र साम्राज्ञीको निकटता, फेरि होला टिमअप ?

फिल्मीखबर, काठमाण्डौ, 2017/11/30
 
नायिका झरना थापाले निर्देशन गरेको फिल्म 'ए मेरो हजुर २' मा अभिनय गरेकी साम्राज्ञी राज्यलक्ष्मी शाह पछिल्लो समय खुब चर्चामा छिन् । केही दिन अगाडि मात्र महंगो पारिश्रमिकमा नायक आर्यन सिग्देल अभिनीत तथा निर्मित फिल्म 'कायरा' साइन गरेकी साम्राज्ञी अहिले अष्ट्रेलिया भ्रमणमा छिन् । उनको यो पहिलो विदेश भ्रमण हो । 
 
अष्ट्रेलियाका विभिन्न शहरहरुमा भइरहेको 'ए मेरो हजुर २' को प्रिमियरका लागि नेपालबाट साम्राज्ञी र झरना उडेका थिए । यतिबेला यी दुई अष्ट्रेलियाका विभिन्न रमणीय स्थानहरुमा मस्ती गरिरहेका छन् । साम्राज्ञीले आफ्नो इन्टाग्राममा केही तश्वीरहरु शेयर गरेकी छिन्, जहाँ झरनासँग साम्राज्ञीको निकटता खुबै देखिन्छ ।
 
 
नेपालमा प्रायः फिल्म रिलिज हुनु अघि नै वा रिलिजपछि नायक-नायिकासँग निर्देशक र निर्माताको सम्बन्ध विग्रदै गएका उदारहणहरु धेरै छन् । तर, झरना र साम्राज्ञीलाई हेर्दा त्यस्तो लाग्दैन । 'ए मेरो हजुर २' को पब्लिसिटीदेखि विदेश प्रिमियरमा समेत समय दिएका कारणले पनि हुन सक्छ झरना साम्राज्ञीदेखि मख्ख छिन् । कतै झरना र साम्राज्ञीको यो निकटता चाँडै नयाँ फिल्ममा देखिने संकेत त होइन ?