मिति : २०८१ ज्येष्ठ ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘पद्मावती’ विरोध : एक युवकको हत्या

फिल्मीखबर, काठमाण्डौ, 2017/11/29
 
‘पद्मावती’ को विरोधमा चेतन कुमार नाम गरेका एक युवकको शव झुण्डिएको अवस्थामा नाहरगढ फोर्टको पर्खालमा फेला परेको छ । शव नजिकै ढुङ्गामा लेखिएको छ, ‘मानिसहरु विरोध गर्नको लागि पुत्ला जलाउँछन् तर हामी पुत्ला जलाउँदैनौ झुन्ड्याउँछौ । हामी आफैँलाई समाप्त गर्दछौँ ।’
 
घटनाबारे प्रहरीले छानविन सुरु गरेको छ । युवकको शव भेटिएको नाहरगढ सन् १७३४ मा राजा सवाई जय सिंह द्वितीयले बनाएका हुन् । फिल्मको विरोध गर्नेहरुले रानी पद्मावतीलाई गलत तरीकाले ‘पद्मावती’मा देखाइएको आरोप लगाएका छन् । फिल्ममा दीपिका पादुकोण रानी पद्मावतीको भुमिकामा रहेकी छन् । त्यस्तै, रणवीर सिंहले अलाउद्दीन खिलजीको भूमिकामा निर्वाहा गरेका छन् ।
 
निर्देशक संजय लीला भंसालीले फिल्मको १६० करोडको बिमा गरिसकेका छन् । बीमा अनुसार, फिल्म रिलिज भएपछि टिकट बिक्रीको क्रममा कुनै प्रकारको विरोध प्रदर्शन, झगडा वा तोडफोड भए सो नोक्सानीको भरपाई बीमा कम्पनीले गर्नेछ ।
 
डिसेम्बर १ मा ‘पद्मावती’ रिलिज हुने घोषणा भएपनि चौतर्फी विरोधका कारण अझै फिल्मको औपचारिक प्रदर्शन मिति तोकिएको छैन ।