मिति : २०८१ ज्येष्ठ ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दीपकराज भन्छन्, ‘महिलामाथी बियर खन्याउनु हिंसा होइन ?’

फिल्मीखबर, काठमाण्डौ, 2017/11/29
 
नेपाली फिल्म उद्योग गसिप बजार हो । यहाँ अनेक प्रकारका हल्लाको बजार बलियो छ, फिल्मी व्यापारभन्दा । केही दिनयता यो उद्योगमा नायिका ऋचा शर्मा र ‘छक्का पञ्जा’ टीमको फेसबुक युद्ध निकै चर्चामा छ ।  ‘छक्का पञ्जा’ टीमले फेसबुकमार्फत ऋचालाई 'गेट विल सुन' भनेर लेखेदेखि ऋचालाई समर्थन गर्दै नायिका रेखा थापाले  ‘छक्का पञ्जा’ टीमलाई 'जोक्कर' भनेसम्मका घट्ना अझै सेलाएको छैन । 
 
ऋचालाई फेसबुकबाट मात्र चोटिलो प्रहार गर्दै आइरहेका हास्यकलाकार दीपकराज गिरीले बुधवार आफ्नो विचार पोख्ने एउटा गतिलो मञ्च पाए । फिल्म 'फिर्के'को ट्रेलर सार्वजनिक कार्यक्रममा उपस्थित भएका दीपकराजले झण्डै १० मिनेट लामो आफ्नो भनाईमा ऋचामाथी मात्र प्रश्नका भारी थोपरे । उनले आफूहरुले निर्माण गरेको कुनै पनि फिल्ममा महिला हिंसा नभएको भन्दै अन्य फिल्ममा महिलामाथी बियर खन्याउनु महिला हिंसा हो कि होइन ? भन्दै ऋचामाथी प्रश्न गरे । 
 
दीपकराजले भने, ‘फिल्मलाई नराम्रो भन्न पाइन्छ । संसारका कुनै पनि फिल्म सर्वप्रिय छैन । कसैलाई त्यो फिल्म राम्रो लाग्छ कसैलाई राम्रो लाग्दैन । कुनै फिल्मले व्यापार गर्‍यो भन्दैमा राम्रो फिल्म हुन्छ भन्ने छैन र व्यापार गतिलो नगर्दैमा फिल्म राम्रो हुन्न भन्ने हुँदैन । यसलाई दाँज्ने र तौलने कुनै तराजु छैन ।’ 
 
उनले अगाडि भने, ‘संसारमा सबै अतिवाद खतरनाक हुन्छन् र अतिवादबाट बच्नु पर्छ ।  कुनै पनि फिल्ममा सुरुमा अन्याय देखाइन्छ अनि त्यो अन्यायको परास्त हुन्छ । हामीले निर्माण गर्ने लगभग ९० प्रतिशतभन्दा बढी फिल्म यस्तै नै हुने गर्छ । अनि यही विषयमा बोल्दा खेरि बीचका धेरै मान्छेहरुले पौडी खेल्ने मौका पाइरहेका छन् ।’ 
 
‘हामीमा पनि धेरै कमी-कमजोरीहरु छन् । ‘छक्का पञ्जा’मा महिलालाई थप्पड हानेको एउटा मात्र दृश्य छ । यदी यो महिला हिंसामा पर्छ भने केही फिल्ममा महिला सुतेको अवस्थामा माथीबाट बियर खन्याएर नाचेको चाहिं महिला हिंसामा पर्छ कि पर्दैन त्यो मलाई थाहा छैन । मेरो भनाईको आशय के हो भने हाम्रो फिल्ममा महिला हिंसा छैन ।’, दीपकराजले भने । 
 
केही दिन अगाडि राजधानीमा आयोजित एक कार्यक्रममा बोल्ने क्रममा नायिका ऋचा शर्माले ‘छक्का पञ्जा’मा महिलालाई दैनिक पिट्न पाउनु पर्छ भन्ने दृश्यमा ताली पिट्ने दर्शकलाई 'मूर्ख' भनेको अभिव्यक्तिले यतिबेला ठूलै चर्चा पाएको छ । यस विषयमा चलचित्रकर्मी र दर्शकहरु पनि विभाजित भएका छन् ।