मिति : २०८१ ज्येष्ठ ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

जीतुको रेखालाई जवाफ, ‘हामी जोक्कर रे !’

फिल्मीखबर, काठमाण्डौ, 2017/11/29
 
नायिका ऋचा शर्मा र ‘छक्का पञ्जा’ टीमको फेसबुकमा चलेको वार युद्धले सिनेवृत रन्किएको बेला नायिका रेखा थापा पनि यो द्वन्द्वमा मिसिइन् । एक सञ्चारकर्मीको फेसबुक स्टाटसमा कमेन्ट गर्दै ऋचालाई समर्थनको शैलीमा रेखाले ‘छक्का पञ्जा’ टीमलाई 'जोक्कर' भनेपछि त झन यो विषयले ठूलै प्रलय ल्याएको छ । फेसबुकको कमेन्टमै हास्यकलाकार तथा दीपाश्री निरौलाले रेखालाई 'धन्यवाद' भनेकी थिइन् । 
 
यस्तैमा, रेखालाई हास्यकलाकार जीतु नेपालले पनि ब्याङय प्रहार गरेका छन् । बुधवार राजधानीमा आयोजित फिल्म ‘फिर्के’को ट्रेलर सार्वजनिक कार्यक्रममा सुलेमान शंकरलाई बधाई दिँदै उनले भने, ‘हास्यकलाकारलाई यहाँ जोक्कर भन्ने गरिन्छ अनि जोक्करमाथी नै पैसा खनिराखेको छ ।’ उनको यो जवाफ रेखालाई रहेको स्पष्ट हुन्छ । 
 
जीतु दीपक-दीपाले निर्माण गरेको पहिलो फिल्म '६ एकान ६' देखि 'छक्का पञ्जा २' सम्म दोहोरिरहेका कलाकार हुन् । फेसबुकमा कुनै सवाल-जवाफ नगरेपनि पहिलो पटक 'गेट विल सुन' काण्डमा जीतुले मुख खोलेका हुन् । हेरौं, जीतुको यो चोटिलो जवाफको उत्तर रेखाले फर्काउँछिन् वा फर्काउँदिनन् ?