Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आयो ‘फिर्के’को कमेडी ट्रेलर

फिल्मीखबर, काठमाण्डौ, 2017/11/29
 
प्रदर्शन मिति फेरबदल गर्दै फिल्म ‘फिर्के’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण पक्षले पुष १४ गतेबाट पोस्टपोन्ड भएर ‘फिर्के’ पुष २१ गतेबाट प्रदर्शनमा आउने जानकारी दियो । फिल्मको सार्वजनिक ट्रेलर भने कमेडी संवादले भरिएको छ ।
 
'ईकु'को नामले चर्चित सुलेमान शंकरको प्रस्तुतीमा बनेको फिल्ममा अर्पण थापा, सुलेमान शंकर, ऋचा शर्मा, क्रिष्टिना पौडेल, बिष्णु सापकोटा, अर्जुन गुरुङ्, उज्ज्वल भण्डारी, पुरन थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ । 
 
यो फिल्मलाई तितो सत्य, जिरे खुर्सानी लगायतका टेलिसिरियलमा 'बेमान'को नामले परिचित रवि डंगोलले निर्देशन गरेका हुन् । उनले यसअघि ६ वटा नेवारी फिल्म पनि निर्देशन गरिसकेका छन् । यसअघि 'ईकु' र 'ईकु २' फिल्मका निर्माता समेत रहेका कलाकार सुलेमान शंकरले ‘फिर्के’मा ईकु भन्दा फरक भूमिकामा अभिनय गरेको बताए । यो फिल्मका निर्माता ओमलाल गुरुङ् र राजेश श्रेष्ठ हुन् । फिल्ममा अभिमन्यू निरबीको लेखन रहेको छ ।
 
कार्यक्रममा बोल्दै सुलेमान शंकरले ‘फिर्के’लाई राम्रो बनाउने प्रयास गरेको बताए । उनले भने, ’सबैको साथ र सहयोगले गर्दा फिल्म राम्रो बनेको छ । दर्शकले खोजेस्तो स्वाद हामीले फिल्ममार्फत दिन सक्छौं भन्नेमा विश्वस्त छौ । मलाई धेरैले सधै लुगा खोलेर र हड्डी देखाउँदै कति फिल्म गर्छस् भन्नुहुन्थ्यो । तर, ‘फिर्के’मा 'इकु'भन्दा विल्कुलै फरक भूमिका छ ।’ यस्तै, निर्देशक रवि डंगोलले फिल्म राम्रो बनेको दाबी गरे । 
 
अष्ट महर्जनको द्वन्द्व निर्देशन रहेको ‘फिर्के’मा मित्र डि. गुरुङको सम्पादन तथा राम कुमार केसीको छायांकन रहेको छ । फिल्मलाई काठमाण्डौ उपत्यकामा गोपाल कायस्थ र मोफसलमा एफ डि कम्पनीले वितरण गर्दैछन् । बिश्व नेपाली र सुवास भुषालको संगीत रहेको यस फिल्ममा दुई गीत रहेका छन् ।
 
ट्रेलर हेर्नुहोस् :-
 

Most Visited News (monthly)