Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सौगातको ‘पञ्चेबाजा’ फागुनमा बज्ने

फिल्मीखबर, काठमाण्डौ, 2017/11/29
 
नायक सौगात मल्ल स्टारर फिल्म ‘पञ्चेबाजा’को प्रदर्शन मिति घोषणा गरिएको छ । फागुन ११ गतेलाई प्रदर्शन मिति तोक्दै निर्माण पक्षले फिल्मको दुई फष्टलुक पोष्टर पनि सार्वजनिक गरेको छ । फष्टलुक पोष्टरमा फिल्मका प्रमुख कलाकारहरुलाई स्थान दिइएको छ । एक गाउँका तीन पात्रको कथा प्रस्तुत गरिएको फिल्मको निर्देशन घनश्याम लामिछानेले गरेका छन् ।
 
न्यू भेनस फिल्मस्को व्यानरमा निर्माण भएको फिल्ममा राजेश शाहीको लगानी छ । फिल्ममा सौगातसँगै कर्मा, बुद्धि तामाङ, सिर्जना सुब्बा, जस्मिन श्रेष्ठ, प्रकाश घिमिरे, सबिन बास्तोला, प्रमिला तुलाचन, देशभक्त खनाल, युवराज भण्डारी, तेज गिरी र राजेश शाहीको पनि अभिनय छ ।
 
निर्देशक लामिछानेले गाउँका तीन युवाको कथा वरीपरी फिल्म घुम्ने बताए । घनश्यामले यसअघि ‘धौली’ र ‘अग्नीदहन’ निर्देशन गरिसकेका छन् । यस्तै, निर्माता शाहीले आफूले राम्रो फिल्म बनाउन कुनै पनि कसुर बाँकी नराखेको बताए ।
 
 
सारा गुरुङ सह-निर्माता रहेको फिल्ममा कालीप्रसाद बास्कोटा र विकास चौधरीको संगीत, दीर्घ खड्काको सम्पादन, प्रदिप भारद्वाजको लेखन, जेसन कुँवरको पाश्र्व ध्वनि, उत्तम न्यौपानेको मिक्सिङ र हरि घले लामाको छायांकन छ । 
Most Visited News (monthly)