मिति : २०८१ ज्येष्ठ ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘बिराङ्गना’मा शसस्त्र प्रहरी बने शिल्पा र अनुप

फिल्मीखबर, काठमाण्डौ, 2017/11/28
 
‘बृन्दावन’ फेम निर्देशक राज बहादुर सानेले निर्देशन गरेको फिल्म ‘बिराङ्गना’मा नायक अनुप विक्रम शाही र नायिका शिल्पा पोखरेल शसस्त्र प्रहरीको भूमिकामा देखिँदैछन् । राम थापा बनेका अनुप र दुर्गा क्षेत्री बनेकी शिल्पाले पहिलो पटक एकसाथ काम गरेका हुन् । हालैमा यी दुई फिचरिङ फिल्म ‘बिराङ्गना’को एक गीत छायांकन गरिएको छ । 
 
दिपक शर्माको संगीत रहेको ‘तिमी पुलिस म नि पुलिस’ बोलको गीतका लागि नृत्य निर्देशक कविराज गहतराजले दुई सयभन्दा बढि शसस्त्र प्रहरी र सयभन्दा बढि डान्सरसहित तीनसय जना कोरस प्रयोग गरेका छन् । गीतको छायांकन शसस्त्र प्रहरी बल प्रधान कार्यालय, स्वयम्भुमा गरिएको हो । 
 
गीतको छायांकन सकिएसँगै फिल्मको इन्डक्ल्याप भएको निर्देशक सानेले जानकारी दिए । फिल्ममा अनुप र शिल्पाको अलवा धिरेन शाक्य, पृथ्वीराज प्रसाई, प्रज्वल गिरि, प्रीया रिजाल, कृष्ण सिवाकोटी, देब तामङ, अमृत सापकोटा, अंशु थापालगायतको प्रमुख भुमिका रहेको छ । 
 
बाबुराम दास श्रेष्ठ, श्याम बहादुर थापा र रघु परियार फिल्मका निर्माता हुन् । सह निर्मातामा देब तामाङ र सुमि चाम्लिङ राई रहेका छन् । फिल्ममा श्री श्रेष्ठको द्वन्द्व र सञ्जय लामाको छायांकन रहेको छ ।