मिति : २०८१ ज्येष्ठ ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अफर आएका सबै फिल्म लत्याउँदै सलिनमान

फिल्मीखबर, काठमाण्डौ, 2017/11/28
 
'ए मेरो हजुर २' बाट सम्भावना बोकेको नायकको रुपमा हेरिएको सलिनमान बनियाँ अहिले गुपचुप जस्तै छन् । उनले न नयाँ फिल्म साइन गरेका छन् न त मिडियामा नै कुनै चर्चा छ । कमै नायकले पाउने डेब्यू फिल्मको सफलताको श्रेय उनले सजिलै प्राप्त गरे । फिल्म रिलिज अगाडि नै हेयर स्टाइल र क्युटनेशका कारण चर्चामा रहेका सलिनमान हाल कहाँ छन् अनि के गर्दैछन् भन्ने कुरा सायद कमैलाई थाहा छ । 
 
'ए मेरो हजुर २' हिट भएपछि लाखौं पारिश्रमिक 'सुटकेसमा खाँदेर' निर्माता सलिनमानको घरसम्म नपुगेका होइनन् । तर, उनले कुनैपनि फिल्मको स्क्रिप्ट नै नपढी सिधै अस्वीकार गर्दै आइरहेका छन् । यतिमात्र होइन 'ए मेरो हजुर २' बाट सलिनलाई फिल्मी दुनियाँमा भित्राएकी नायिका झरना थापाले पनि उनलाई नयाँ फिल्मको अफर गरेको स्रोत बताउँछ ।
 
तर, झरनाको प्रस्तावलाई भने उनले अस्वीकार गरिसकेका छैनन् तर खेल्छु भन्ने औपचारिक जानकारी पनि दिएका छैनन् ।  यदी, सलिनले झरनाको अफर स्वीकार गरेको खण्डमा उनी 'ए मेरो हजुर ३' वा 'भागवत गीता' मध्ये एक फिल्ममा अनुवन्धित हुन सक्छन् । 
 
हुनत, 'ए मेरो हजुर २' बाट सलिनमानले अभिनयको भन्दा सुन्दरताको तारिफ गर्ने धेरै भेटे । उनको अभिनय क्षमता औसत भएपनि आकर्षक लुक्सले ति सबै कुरा विर्सायो । आगामी दिनमा फिल्ममा जम्न आफ्नो अभिनयमा उनले धेरै सुधार गर्नुपर्ने देखिन्छ । नत्र, अनमोल केसीलाई लागेको क्युटनेश मात्र बेचेर स्टार भएको आरोप सलिनलाई पनि नलाग्ला भन्न सकिन्न । तर, सलिनले पहिलो फिल्मबाटै आफ्नो क्रेज भने लोभलाग्दो बनाएका छन् । अब यो जोगाएर राख्न पनि उनलाई उतिक्कै चुनौतीपूर्ण छ । 
 
डेब्यू फिल्म हिट भएपछि एक नायकको व्यस्तता ह्वात्तै बढ्छ तर सलिनलाई हेर्दा लाग्छ कि उनी फिल्मी पर्दामा रम्न चाहिरहेका छैनन् । कतै फिल्म खेल्न ढिला हुँदा भर्खरै भरभराउँदै गरेको आफ्नो 'क्रेज' निमिट्यान्न हुने त होइन ? 
 
आशा गरौं, यी चकलेटी हिरोको नयाँ फिल्म चाँडै दर्शकहरुले हेर्न पाउनेछन् ।