मिति : २०८१ ज्येष्ठ ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नीताले लेखिन्, ‘नराम्रोलाई नराम्रो भन्न पाइन्न ?’

फिल्मीखबर, काठमाण्डौ, 2017/11/28
 
‘छक्का पञ्जा’ टीम र नायिका ऋचा शर्माको फेसबुकमा चलेको वार युद्धले नेपाली सिनेबजारमा ठूलै तरंग सिर्जना गरेको छ । नायिका रेखा थापाले ऋचालाई समर्थन गर्दै ‘छक्का पञ्जा’ टीमलाई 'जोक्करहरु' भनेपछि त झन यो काण्डले उग्र रुप लिएको छ । ऋचा कतै आलोचित त कतै तारिफको पात्र बनिरहँदा धेरै चलचित्रकर्मीले घुमाउरो पारामा फेसबुकमार्फत आफ्नो विचार पोखिरहेका छन् । 
 
 
नायिका नीता ढुंगानाले ऋचालाई समर्थनको शैलीमा फेसबुकमा लेखेकी छिन्, 'यहाँ कसैलाई राम्रोमा राम्रो र नराम्रोमा नराम्रो भन्न पाइदैन रैछ ।' नीताको यो स्टाटसले ऋचालाई समर्थन गरेको प्रष्ट हुन्छ । यसअघि नीताले दीपक-दीपाको फिल्म '६ एकान ६' मा काम गरेकी थिइन् । यो फिल्म रिलिज भएपछि ‘छक्का पञ्जा’ टीमसँग नीताको राम्रो सम्बन्ध नरहेको गाइँगुइँ चर्चा छ । 
 
 
यस्तै, 'जात्रा' फेम निर्देशक प्रदीप भट्टराईले फेसबुकमा लेखेका छन्, 'देश चुनावमय भएर हो कि चलचित्रकर्मी पनि कांग्रेस अनि कम्युनिष्ट जस्तो दुर्इ कित्तामा बिभाजन भएजस्तो लाग्दैछ । याद गर्नुस् लड्ने काम नेता नेतृको हो अभिनेता र अभिनेत्रीको हैन । सम्यमता अपनाऔ, हामीलाई जुधाउने काम भैरहेको छ ।' 
 
प्रदीपलेको स्टाटसले ‘छक्का पञ्जा’ टीम र नायिका ऋचाको वार युद्ध अरुका कारण चर्किदै गएको बताउन खोज्दैछन् । हाल उनी दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की लगायतका कलाकारलाई लिएर 'शत्रुगते' नामक फिल्म निर्देशन गरिरहेका छन् । 
 
 
यता, फिल्म निर्माता तथा कलाकार केशव भट्टराईले पनि फेसबुकमा एक स्टाटस लेख्दै आफूलाई  चलचित्रकर्मी हुँ भन्नपनि लाज लागेको बताएका छन् । उनले लेखेका छन्, 'आज मलाई चलचित्रकर्मी हुँ भन्नपनि लाज लागेर आयो । एकजनाको कुरा काट्न अर्कोले सामाजिक सञ्जालको धज्जी उडाउँदा उसको आफ्नै मजाक बनाएको नरमाईलो अनुभव । यस्तो कुराले तपाई महासयहरुको भ्यूअर्स त बढ्लान तर चलचित्र क्षेत्रप्रतिको दृष्टिकोण फेरिन सक्छ चेतना होस् ।' 
 
ऋचाले केही दिन अगाडि राजधानीमा आयोजित एक कार्यक्रममा ‘छक्का पञ्जा’मा महिलालाई दैनिक कुट्न पाउनु पर्छ भन्ने दृश्यमा ताली पिट्न दर्शकलाई 'मूर्ख' भन्ने खालको अभिव्यक्ति दिएपछि यस विषयमा चर्को बहस सुरु भएको हो । फिल्मकर्मी तथा दर्शकहरु पनि यस विषयमा विभाजित भएका छन् ।