मिति : २०८१ ज्येष्ठ ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मिस वर्ल्डले गरिन् दीपिकाको प्रशंसा

एजेन्सी, मुम्बई, 2017/11/28
 
मिस वर्ल्ड मानुषी छिल्लरले बहुचर्चित 'पद्मावती' विवादमा आफ्नो प्रतिक्रिया दिएकी छिन् । उनले दीपिका पादुकोणको तारिफ गर्दै ज्यान मार्ने धम्कीलाई पनि दीपिकाले ह्यान्डल गरेकोमा प्रशंसा गरेकी छिन् । 
 
मानुषीले भनिन्, 'भारतीय महिलाहरु हरेक समस्याहरुसँग जुुध्न सक्षम छन् । सबै भारतीय महिलाहरुमा एक कुरा समान छ । हामी चुनौतीसँग जुधेर अरुका लागि उदारहणको पात्र बन्न सफल हुन्छौं ।' उनले अगाडि भनिन्, 'हामीले आफूले आफैलाई कन्फिडेन्ट बनाउन जरुरी छ । यद्यपी, यो गर्दाखेरी हामीले धेरै मुश्किलको सामना गर्नुपर्छ । कहिले काहिं लाग्छ कि यो महिलाका लागि अनुकुल समाज होइन ।' 
 
'व्यक्तिगत रुपमा हामीले एक उदाहरण तयार गर्नुपर्छ र महिलाहरुमा आत्मविश्वास हुनुपर्छ कि उनीहरु एउटा अद्भुत काम गर्न सक्दछन् ।', मानुषीले भनिन् । फिल्म 'पद्मावती'को रिलिजले गर्दा विभिन्न राजनीतिक दल र संगठनका सदस्यले भंसाली, दीपिका र रणवीरलाई धम्की दिइरहेका छन् । राजपूत करणी सेनाले दीपिकाको नाम नाट्ने धम्की दिएकोे छ । 
 
संगठनले भिडियो जारी गरेर भन्यो, 'राजपूतहरु महिलामाथी कहिले हात उठाउँदैनन् तर आवश्यक परेको खण्डमा हामी दीपिकालाई त्यही गर्नेछौं जो लक्ष्मणले शूर्पणखामाथी गरेका थिए ।' यो धम्कीपछि दीपिका पादुकोणको सुरक्षा बढाइएको छ । 
 
के हो विवाद ? 
 
'पद्मावती'को धेरै कुरालाई लिएर विवाद भइरहेको छ । आरोप लगाइए अनुसार, फिल्ममा अलाउद्दीन खिलजीका प्रशंसा गरिएको छ । खिलजी र रानी पद्मिनीको बीच ड्रीम सीक्वेन्स फिल्मांकन गरिएको छ । रानी पद्मावतीलाई त्यो रुपमा पेश गरिएको छ, जुन राजपूत वा राजपरिवामा गरिदैन । घूमर डान्समा पनि राजपूत समाजलाई गलत रुपमा प्रस्तुति गरिएको छ । भनिएको छ कि पुरुषको अगाडि रानिहरु डान्स गर्दैनन् ।