फिल्म ‘माइ लभ’को नयाँ गीत सार्वजनिक भएको छ । ‘१७ बर्षे जोवन’ बोलको गीतको भिडियोमा कलाकार गणेश लामा र शितल श्रेष्ठलाई फिचरिङ गरिएको छ । गीतमा अर्जुन मुसोङको शब्द र संगीत रहेको छ । मिना सिंहको स्वर रहेको गीतलाई प्रदिप श्रेष्ठले निर्देशन गरेका हुन् ।
यो फिल्म यही मंसिर २९ गतेदेखि काठमाडौं उपत्यकासहित देशभरका मल्टिप्लेक्सहरुमा रिलिज हुँदैछ । नेपालमा २०७२ साल वैशाख १२ गते गएको महाविनाशकारी भूकम्पको कथा पर्दामा उतारिएको छ ।
यो फिल्ममा गणेश लामा, नव-कलाकार शितल श्रेष्ठ, जापानी अभिनेत्री रिवन मित्सुतानीको मूख्य भूमिका रहेको छ । यस्तै, नेपाली कलाकारहरु चैत्यदेवी सिंह, चाँदनी लामा, राजु भुजु, मञ्जु श्रेष्ठ र जापानी कलाकारहरु युइची हायाता, शुतारो मत्सुदा, काजुतोशी थासाका, ताक् मियामोतोको समेत अभिनय हेर्न पाइनेछ ।
फिल्म क्रियसन नेपालको ब्यानरमा गणेश लामाले निर्माण गरेको ‘माइ लभ’मा दिनेश सुनामको संगीत, गौरीशंकर धुजुको छायांकन निर्देशन, नारायण जिसीको छायांकन र तारा थापा 'किम्भे'को सम्पादन रहेको छ ।
‘माइ लभ’ले आफ्नो देशको महत्वपूर्ण सम्पदा स्थलहरुको महत्व दर्शाउदै तिनीहरुको पुनर्निर्माण र संरक्षण गर्नु सबै नेपालीको दायित्व रहेको सन्देश दिइएको छ । फिल्ममा धरहरा ढल्दै गरेको दृश्यलाई पनि जीवन्त रुपमा देखाइएको छ ।
गीत हेर्नुहोस् :-