मिति : २०८१ ज्येष्ठ ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ऋचालाई समर्थन गर्दै रेखाले भनिन् ‘जोक्कर’

फिल्मीखबर, काठमाण्डौ, 2017/11/27
 
आज जताततै चर्चा नायिका ऋचा शर्माको मात्र छ । उनले एक कार्यक्रममा ‘छक्का पञ्जा’ हेरेर ताली पिट्ने दर्शकलाई 'मूर्ख' भनेको अभिव्यक्तिले सिनेवृत तरंगीत बन्दा कतिले ऋचाको समर्थनमा बोलेका छन् भने कतिले विपक्षमा । यस विषयमा फिल्मकर्मी र दर्शकहरु पनि विभाजित भएका छन् ।
 
यस्तैमा नायिका रेखा थापाले ऋचालाई समर्थन गर्दै सञ्चारकर्मी डिबी खड्काको स्टाटसमा कमेन्ट लेखेकी छिन्, ‘ऋचाले भिडियोमा दर्शकलाई मूर्ख भनेको छैन । उनी समझदार महिला हुन् । के बोल्ने र के नबोल्ने उसलाई थाहा छ । एउटा महिलाको पछाडि लागेको देखेर मलाई अचम्म लागिरहेको छ । खै, उनीहरुबाट सामाजिक रुपान्तरणको पनि अपेक्षा थियो । तर, जोक्करभन्दा माथि नउठ्ने भए ।’ 
 
 
रेखाको यो जवाफलाई निर्देशक तथा कलाकार दीपाश्री निरौलाले ‘धन्यवाद’ भनेकी छन् । अत्यन्त मिल्ने साथी दीपा र रेखाबीच अब ऋचाका कारण दुश्मनी सुरु भएको छ । रेखाले घुमाउरो पारामा ‘जोक्करभन्दा माथि नउठ्ने भए’ भन्ने आशय फिल्म ‘छक्का पञ्जा’ टीमलाई भनेको प्रष्टै हुन्छ । हेरौं, यसको प्रतिवाद ‘छक्का पञ्जा’ यूनिटले कसरि गर्नेछ ? 
 
रेखासँगै केही कलाकारले ऋचालाई समर्थन गर्दै 'सत्य पनि बोल्न नपाइने भयो' भन्दै फेसबुकमा स्टाटस लेखेका छन् ।