Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मैले दर्शकलाई 'मूर्ख' भनेकी छैन : ऋचा

फिल्मीखबर, काठमाण्डौ, 2017/11/27
 
नायिका ऋचा शर्माको एक अभिव्यक्तिले यतिबेला पूरै सिनेवृतमा भूकम्प ल्याएको छ । केही दिन अगाडि राजधानीमा आयोजित 'एकादेश फिल्म फेस्टिभल'मा ‘छक्का पञ्जा’मा श्रीमतीलाई दैनिक कुट्न पाउनु पर्छ भन्ने दृश्यमा ताली पिट्ने दर्शकलाई मूर्ख भनेको बयानले ऋचा कतै आलोचित त कतै तारिफकी पात्र बनेकी छन् । 
 
सामाजिक सञ्जालमा एक समुहले ऋचाको अभिव्यक्तिलाई समर्थन गरेको छ भने अर्को समुहले गलत भनिरहेको छ । तर, ‘छक्का पञ्जा’ टीमले फेसबुकमा ऋचालाई लक्षित गर्दै लेखेको ‘गेट वेल सुन’ स्टाटसले पनि अहिले हलचल पैदा भएको छ । ‘छक्का पञ्जा’का कलाकार तथा निर्माता दीपकराज गिरीले फेसबुकमा ‘एकजना नायिकाले हाम्रो चलचित्र हेरेर ताली बजाउने दर्शकलार्इ मूर्ख भन्नु भएछ ।’ “प्रिय नायिकाज्यू दर्शकलाइ मूर्ख भन्नु भएकोले नै तपार्इका फिल्मले कहिल्यै दर्शक पाएनन्...” भन्दै एक स्टाटस लेखे । 
 
निर्देशक दीपाश्री निरौला, प्रियंका कार्की, बर्षा राउत, स्वस्तिमा खड्का, गौरव पहारीले दीपकराजको उक्त स्टाटस शेयर गर्दै ऋचाको भनाइप्रति आपत्ति जनाएका छन् । यस्तैमा ऋचाले पनि आफ्नो आधिकारीक फेसबुकमा ‘छक्का पञ्जा’ हेर्ने दर्शकलाई मूर्ख नभनेको लेखेकी छिन् । 
 
 
उनले यो स्टाटस नायिका रेखा थापा, केकी अधिकारी, नीशा अधिकारी, अर्पण थापा लगायतका कलाकारहरु पनि ट्याग गरेकी छन् । चाँडै ऋचाको यो जवाफको उत्तर कलाकार दीपकराज गिरीले पनि चोटिलो तरिकाबाट फेसबुकमार्फत पक्कै दिनेछन् । प्रत्यक्ष रुपमा नभएपनि फेसबुकको माध्यमबाट ‘छक्का पञ्जा’ टीमसँग ऋचाको यतिबेला वार युद्ध चलिरहेको छ ।