Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘ऐश्वर्य’का भिलेन भन्छन्, ‘अब २ वर्षका लागि प्याक छु’

फिल्मीखबर, काठमाण्डौ, 2017/11/27
 
यस वर्ष प्रदर्शनमा आएको हिट फिल्म ‘ऐश्वर्य’बाट दुई कलाकार प्रशान्त ताम्राकार र दीपिका प्रसाईँले नसोचेकै सफलता हात पारे । दीपिकाको यो फिल्म डेब्यु भएपनि प्रशान्त नेपाली फिल्मका लागि पुरानै अनुहार थिए । तर, प्रशान्तले यो फिल्मबाट जुन चर्चा कमाए सायद उनका लागि पनि ‘ऐश्वर्य’ डेब्यु बन्न पुग्यो । 
 
फिल्ममा नायक रमेश उप्रेतीमाथी नै हाबी देखिएका 'ह्यान्डसम भिलेन' प्रशान्त ताम्रकारले हालैमा नयाँ फिल्म साइन गरेका छन् । नाम गोप्य राखिएको फिल्मको मंसिर अन्तिम साताबाट छायांकन सुरु हुने स्रोत बताउँछ । फिल्मीखबर डटकमसँग कुराकानी गर्दै प्रशान्तले नयाँ फिल्म साइन गरेको पुष्टि गरे । उनले भने, ‘हो, मैले नयाँ फिल्म साइन गरेको छु । फिल्मको नाम अहिले नै खुलाउन निर्माण टीमले मलाई अनुमती दिएको छैन ।’ 
 
उनले आफ्ना लागि दर्शक भगवान भएको बताउँदै संख्या बढाउन भन्दापनि सधै राम्रो फिल्ममा काम गर्ने आफ्नो चाहना रहेको बताए । उनले अगाडि भने, ‘‘ऐश्वर्य’ हेरेपछि मलाई जसरि दर्शकहरुले मनपराउनु भयो त्यसले मलाई थप चुनौती र दायित्व थपेको छ । ‘ऐश्वर्य’पछि मलाई धेरै दर्शकले जस्तोसुकै फिल्ममा काम नगर्न सुझाव पनि दिनुभएको छ । म सधै दर्शकको मन जित्ने प्रयास गर्नेछु ।’ 
 
‘मैले नयाँ फिल्ममा पनि खलनायककै भूमिका निर्वाहा गर्दैछु । दर्शकहरुले मेरो भिलेन अवतारलाई यतिधेरै माया गर्नुभयो कि अब त हिरो बन्ने कुरै भएन ।’, उनले भने, ‘पहिला पनि मलाई हिरो बन्ने सोच त थिएन । नेपाली फिल्मको मार्केट हेरेर नै म आएको हुँ । फिल्ममा खलपात्रको भूमिका महत्वपूर्ण हुन्छ । सुनिल थापापछि यो ठाउँ खाली हुँदै गइरहेको अवस्थामा दर्शक र फिल्म इन्ड्रष्ट्रीले मलाई त्यो ठाउँ दिएको छ ।’ 
 
नयाँ फिल्मका लागि महंगो पारिश्रमिक लिनु भएको चर्चा छ नी ? भन्ने फिल्मीखबरको प्रश्नको उत्तर दिँदै प्रशान्तले भने, ‘म पारिश्रमिक हेरेर फिल्ममा काम गर्दिन । मलाई फिल्मको कथावस्तु र आफ्नो भूमिका मन पर्नुपर्छ । मैले नयाँ फिल्मबाट जति अपेक्षा गरेको थिएँ त्योभन्दा राम्रो रकम पाएको छु । मलाई पारिश्रमिक भन्दापनि दर्शकले मेरो फिल्मलाई राम्रो भनिदिए पुग्छ ।’ उनले अब आफू २ वर्षका लागि प्याक भएको पनि बताए । हाल उनी झण्डै आधा दर्जन बढी फिल्मको स्क्रिप्ट अध्ययन गरिरहेका छन् । 
 
‘मलाई नै कल्पना गरेर लेखकले फिल्मको कथा लेख्नुभएको छ । मेरो लागि योभन्दा खुसीको कुरा अरु के हुन्छ होला र ? तर, ‘ऐश्वर्य’पछि म चुजी भएको छु । स्क्रिप्ट मन परेको खण्डमा मात्र म फिल्म साइन गर्छु ।’ उनले भने । फिल्म ‘ऐश्वर्य’मा प्रशान्तले ‘राघव’को भूमिका निर्वाहा गरेका थिए । सिनेवृतमा चलेको चर्चा अनुसार उनी चाँडै अनमोल केसीको नयाँ फिल्ममा पनि काम गर्दैछन्, जसलाई ‘ऐश्वर्य’ फेम निर्देशक दीवाकर भट्टराईले निर्देशन गर्दैछन् । 
Most Visited News (monthly)