
बलिउडस्टार अक्षय कुमारको नयाँ फिल्म ‘प्याडम्यान’को अफिसियल पोष्टर सार्वजनिक भएको छ । अक्षय कुमार र फिल्मका मेकर्सले आफ्नो सोसल मिडियामार्फत फिल्मको पोष्टर सार्वजनिक गरेका हुन् । ‘प्याडम्यान’ एक कमेडी ड्रामा फिल्म हो ।
यो अरुणाचलम मुरुगननथमको जीवनमा आधारित छ । उनी तमिलनाडुमा ‘प्याडम्यान’को नामबाट चर्चित छन् । उनले कम लागतमा सेनेट्री प्याड निर्माण गर्ने मेशिनको आविष्कार गरेका थिए । उनलाई पदम श्रीबाट पनि सम्मानित गरिएको छ ।
यो फिल्ममा अक्षयका अलावा सोनम कपूर र राधिका आप्टेको पनि मुख्य भूमिका छ । फिल्ममा अमिताभ बच्चनको पनि विशेष भूमिका छ । ‘प्याडम्यान’लाई आर बाल्कीले निर्देशन गरिरहेका छन् । अक्षयकी पत्नी ट्विंकल खन्ना फिल्मकी निर्मात्री हुन् । यो फिल्म २६ जनवरी २०१८ मा प्रदर्शनमा आउँदैछ ।
'ट्वाइलेट : एक प्रेम कथा'पछि अक्षय कुमार यो फिल्ममा देखिन लागेका हुन् । 'ट्वाइलेट : एक प्रेम कथा' बक्स अफिसमा हिट भएको थियो । अक्षय ‘प्याडम्यान’को सुटिङ लामो समयदेखि गरिरहेका छन् ।

