
फाल्गुन ११ गतेबाट देशैभर प्रदर्शनमा आउन लागेको नायक विनय श्रेष्ठ र नायिका सृष्टि श्रेष्ठ स्टारर फिल्म ‘रोमियो एण्ड मुना’ टीजर सार्वजनिक भएको छ । सवा एक मिनेट लामो टिजर चलिआएका फिल्मको भन्दा विल्कुलै फरक छ । फिल्मको टीजरमा विनय र सृष्टि 'लभ वर्ड' बनेका छन् ।
शहरिया युवा र ग्रामिण युवती बिचको प्रेमकथा बोल्ने ‘रोमियो एण्ड मुना’लाई प्रसन्न गोपाली, रामशर्मा, कविनशाक्य र नायक विनय श्रेष्ठले संयूक्त रुपमा निर्माण गरेका हुन् । दिपाङकर सिक्देर र बाबु श्रेष्ठले खिचेको फिल्ममा कालिप्रसाद बाँस्कोटा, कोशिस क्षेत्री र गौरव दवाङकरको संगीत छ ।
नरेश कुमार केसी निर्देशित ‘रोमियो एण्ड मुना’को हाल पोष्टप्रोडक्सनको कार्य चल्दैछ ।
टीजर हेर्नुहोेस् :-

