Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

ऋचाको अभिव्यक्तिप्रति ‘छक्का पन्जा’ टीम आक्रोशित

फिल्मीखबर, काठमाण्डौ, 2017/11/27
 
ऋचा शर्मा आजसम्म खासै विवादमा तानिएकी नायिका होइनन् । फिल्ममा आफूले निर्वाहा गरेको भूमिकाका कारण प्रायः चर्चामा रहने ऋचाको एक बयानले यतिबेला सिनेवृत तरंगीत बनेको छ । केही दिन अगाडि राजधानीमा आयोजित एक कार्यक्रममा उनले ‘छक्का पन्जा’ हेर्ने दर्शक ‘मूर्ख हुन’ भन्ने खालको अभिव्यक्ति दिएपछि कलाकार दीपकराज गिरी र दीपश्री निरौला आक्रोशित भएका छन् । 
 
ऋचाले भनेकी थिइन्, ‘‘छक्का पन्जा’मा दैनिक महिलालाई पिट्न पाउनु पर्छ भनिएको छ । यो दृश्यमा दर्शकहरु खुब हाँसे र ताली पनि पिटे । फस्ट हाफपछि मैले दीपा दिदीलाई के हो यस्तो भनेर सोधें उहाँले ब्रेकपछि पनि हेरन भन्नुभयो । हलमा पुरुष र महिलाले ताली पिटेको देखेर मलाई चाहिं खुब रिस उठेको थियो ।’ उनले आफूले निर्माण र अभिनय गरेको फिल्म 'आधा लभ'ले ५ गम्भीर विषयलाई उठान गरेको भएपनि हलमा ५ दिन पनि नटिकेको बताएकी छिन् । 
 
कलाकार दीपकराज गिरीले फेसबुकमा स्टाटस लेख्द्रै ऋचाको यो भनाईप्रति चोटिलो प्रहार गरेका छन्, ‘एकजना नायिकाले हाम्रो चलचित्र हेरेर ताली बजाउने दर्शकलार्इ मूर्ख भन्नु भएछ ।’ “प्रिय नायिकाज्यू दर्शकलाइ मूर्ख भन्नु भएकोले नै तपार्इका फिल्मले कहिल्यै दर्शक पाएनन्...” ‘गेट वेल सुन’ । 
 
 
यो स्टाटस निर्देशक दीपाश्री निरौला, प्रियंका कार्की, बर्षा राउत, स्वस्तिमा खड्का, गौरव पहारीले पनि शेयर गर्दै ऋचाको भनाइप्रति आपत्ति जनाएका छन् । 
 
अहिले प्रियंका र ऋचाले नायिका केकी अधिकारीद्वारा निर्मित तथा अभिनीत फिल्म 'कोहलपुर एक्सप्रेस'मा काम गरिरहेका छन् । ‘छक्का पन्जा’ टिमले लेखेको स्टाटसको विषयमा भने ऋचाले कुनै जवाफ दिएकी छैनन् । 
Most Visited News (monthly)