Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.00/5.00)
Text size:-
+
-

कपिललाई हलिउड फिल्मको अफर

एजेन्सी, मुम्बई, 2017/11/26
 
भारतका चर्चित कमेडियन कपिल शर्माको झोला केहीदिन यता खुसीले भरिएको छ । एकातिर उनको फिल्म 'फिरंगी'को प्रोमोलाई दर्शकले निकै रुचाएका छन् भने अर्कोतिर उनी चाँडै हलिउड फिल्ममा काम गर्न सक्नेछन् । कपिललाई बिग मामा वर्क्सको तर्फबाट हलिउड प्रोजेक्टबाट अफर आएको छ । योे एक सीरीज हुनेछ, जसको टाइटल 'कमेडी करी' राखिएको छ । 
 
कपिललाई ब्याड मामाज नामको एक कम्पनीले यो अफर गरेको हो । फिल्ममा एक हलिउड र एक इन्डियन स्टार हुनेछन् । कपिलले पनि यो कुरा पुष्टि गरेका छन्। ‘हो मलाई प्रस्ताव आएको हो, तर अझै टुँगो लागेको भने छैन,’ उनले भने, ‘फाइनल भएपछि म जानकारी गराउँछु।’
 
फिल्मको पटकथा आफूले पाइसकेको र उक्त कम्पनी ठूलो भएकाले आफू त्यहाँ गएर भेट्ने पनि कपिलले बताएका छन्। ‘अहिले त टेलिफोनमा मात्र कुरा भइरहेको छ,’ उनले भने, ‘म त्यहाँ गएर उनीहरूलाई भेट्छु, अनि बाँकी कुरा फाइनल हुन्छ।’ कपिल शर्माको फिल्म 'फिरंगी' १ डिसेम्बरमा रिलिज हुँदैछ । 
Most Visited News (monthly)