Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अष्ट्रेलियामा साम्राज्ञीको पहिरन र सौन्दर्य चर्चा

फिल्मीखबर, काठमाण्डौ, 2017/11/26
 
नेपालमा सफल प्रदर्शनपछि ‘ए मेरो हजुर २’ को शनिवार अष्ट्रेलियामा भब्य प्रिमियर गरिएको छ । नेपालबाट फिल्मकी निर्देशक झरना थापा र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह उपस्थित प्रिमियरमा सयौं दर्शक सहभागी थिए । निर्देशक थापाका अनुसार, फिल्मको पहिलो अष्ट्रेलिया प्रदर्शन हाउसफुल भएको छ । 
 
अष्ट्रेलियाको इभेन्ट सिनेमामा आयोजना गरिएको प्रिमियरमा फिल्मलाई दर्शकबाट उत्कृष्ट प्रतिक्रिया मिलेको निर्देशक झरनाले बताइन् । उनका अनुसार, ‘ए मेरो हजुर २’ को अष्ट्रेलियाका विभिन्न शहरहरुमा प्रदर्शन हुनेछ । प्रिमियरमा झरना र साम्राज्ञी आकर्षणको केन्द्रविन्दु बनेका थिए । 
 
 
साम्राज्ञीको हट पहिरनले प्रिमियर माहोल गर्माएको थियो । उनको बोल्ड अन्दाजले सबैलाई मन्त्रमुग्ध बनायो । कलाकारले लगाउने पहिरन, उनीहरुको शैलीले पनि मिडियामा एक प्रकारको हाइप बनाउँछ । यी सुन्दरी पनि प्रायः यस्तै कारणले मिडियाको लाइमलाइटमा पर्ने गर्छिन् । प्रिमियरमा साम्राज्ञीको सौन्दर्य चर्चा पनि राम्रै भयो ।
 
‘ए मेरो हजुर २’ मा सलोन बस्नेत, साम्राज्ञी राज्यलक्ष्मी शाह, सलिनमान बनियाँ, अम्बर सुवेदी, अनुभव रेग्मी, अजश्र ढुंगाना, वुद्धि तामाङ, अनुराग कुँवर लगायतका कलाकारहरुको अभिनय छ ।
Most Visited News (monthly)