Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘माइ लभ’को गीतमा भूकम्पको ब्यथा (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2017/11/26
 
जापानी निर्देशक डा. तोसिआकी इतोहले निर्देशन गरेको नेपाली फिल्म ‘माइ लभ’को नेपाली स्याड भर्सन गीत सार्वजनिक गरिएको छ । ‘ढल्यो ढल्यो’ बोलको गीतमा भुकम्पपछिको अस्तव्यस्त र धरहरा ढलेको चित्रण गरिएको छ । गीतको भिडियोमा कलाकार गणेश लामा फिचरिङ छन् । 
 
गीतमा शुष्मा देवकोटाको शब्द र राज सागरको स्वर-संगीत रहेको छ । गीतको भिडियोलाई नारायण जिसीले खिचेका हुन् । फिल्म यही मंसिर २९ गतेदेखि काठमाडौं उपत्यकासहित देशभरका मल्टिप्लेक्सहरुमा रिलिज हुँदैछ । नेपालमा २०७२ साल वैशाख १२ गते गएको महाविनाशकारी भूकम्पको कथा पर्दामा उतारिएको छ ।  
 
यो फिल्ममा गणेश लामा, नव-कलाकार शितल श्रेष्ठ, जापानी अभिनेत्री रिवन मित्सुतानीको मूख्य भूमिका रहेको छ । यस्तै, नेपाली कलाकारहरु चैत्यदेवी सिंह, चाँदनी लामा, राजु भुजु, मञ्जु श्रेष्ठ र जापानी कलाकारहरु युइची हायाता, शुतारो मत्सुदा, काजुतोशी थासाका, ताक् मियामोतोको समेत अभिनय हेर्न पाइनेछ ।
 
‘माइ लभ’ले आफ्नो देशको महत्वपूर्ण सम्पदा स्थलहरुको महत्व दर्शाउदै तिनीहरुको पुनर्निर्माण र संरक्षण गर्नु सबै नेपालीको दायित्व रहेको सन्देश दिइएको छ । फिल्ममा धरहरा ढल्दै गरेको दृश्यलाई पनि जीवन्त रुपमा देखाइएको छ ।
 
फिल्म क्रियसन नेपालको ब्यानरमा गणेश लामाले निर्माण गरेको ‘माइ लभ’मा दिनेश सुनामको संगीत, गौरीशंकर धुजुको छायांकन निर्देशन, नारायण जिसीको छायांकन र तारा थापा 'किम्भे'को सम्पादन रहेको छ ।
 
गीत हेर्नुहोस् :-
 

 

Most Visited News (monthly)