Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

डिसेम्बरमा एक हुँदैछन् विराट र अनुष्का ?

एजेन्सी, मुम्बई, 2017/11/25
 
पछिल्लो केही दिनयता इन्डस्ट्रीमा चर्चा छ कि यस वर्षको डिसेम्बरमा अनुष्का शर्मा र विराट कोहली विवाह बन्धनमा बाँधिदैछन् । सुत्रका अनुसार, विराट कोहलीको दिल्लीमा रहेको घर र अनुष्काको मुम्बई घरमा विवाहको तयारी सुरु भएको छ । केही दिनदेखि यी दुई घरमा निकै हलचल देखिएको छ ।
 
हालैमा फेशन डिजाइनर सब्यसाची आफ्नो टीमसँग अनुष्काको घर पुगेका थिए, उनले त्यहाँ झण्डै ३ घण्टा विताए । सब्यसाचीले अनुष्काको विवाहका लागि ड्रेस डिजाइन गर्दैछन् । 
 
भारतीय मिडियाका अनुसार, विराजले डिसेम्बर महिनामा ब्रेक मागेका छन् । यस्तै, अनुष्का पनि अहिले शाहरुख खानसँग चाँडै आनन्द एल रायको फिल्मको सुटिङ सकाउन दिनरात खटिरहेकी छिन् । शाहरुखले पनि अनुष्कालाई सहयोग गर्न सुटिङमा एक्सट्रा टाइम दिइरहेका छन् ।  
 
विवाहपछि यी दुई मुम्बईको वरली ठाउँमा सिफ्ट हुनेछन् । त्यहाँ विराट र अनुष्काले ३४ करोडको एक फ्ल्याट किनिसकेका छन् । गएको वर्ष डिसेम्बरमा पनि यी दुईको विवाहको खबर बाहिरिएको थियो । त्यसबेला विराटले एक ट्वीट गर्दै क्लियर भनेका थिए कि उनको इन्गेजमेन्ट भएको छैन ।  
Most Visited News (monthly)