Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

विनय र सृष्टिको ‘रोमियो एण्ड मुना’ रिलिज कन्फर्म

फिल्मीखबर, काठमाण्डौ, 2017/11/24
 
फिल्म ‘रोमियो एण्ड मुना’ले आफ्नो प्रदर्शन मिति घोषणा गरेको छ । वितरकसँगको छलफलबाट फिल्मको प्रदर्शन मिति फागुन ११ गतेलाई तय गरिएको निर्माता प्रसन्न गोपालीले जानकारी दिए । नरेश कुमार केसी निर्देशित फिल्ममा विनय श्रेष्ठ र सृष्टि श्रेष्ठको मुख्य भूमिका छ । 
 
‘फिल्मको छायाँकन सकेर हामी प्रदर्शनको लागि तयार भएका हौं’, निर्माता गोपालीले भने, ‘केही दिनमै फिल्मको डविङ र कलर करेक्सन सुरु हुनेछ ।’ फिल्मको छायाँकन धरान र राजधानीमा गरिएको हो । युवावर्ग लक्षित ‘रोमियो एण्ड मुना’को कथा, संवाद र लेखन निर्देशक केसीकै हो । 
 
फिल्मको बारेमा निर्देशक केसी भन्छन्, ‘शहरिया युवा र ग्रामिण युवती बिचको कथा नै ‘रोमियो एण्ड मुना’ हो । दुई अपरिचित बीचको मित्रताले उनीहरु आफैंले आफैंलाई पनि कसरी बुझ्दै जान्छन् भन्ने कथा फिल्ममा छ ।’
 
दिपाङकर सिक्देर र बाबु श्रेष्ठले खिचेको फिल्ममा कालिप्रसाद बाँस्कोटा, कोशिस क्षेत्री र गौरव दवाङकरको संगीत छ । फिल्म निर्माणमा प्रसन्न गोपाली, रामशर्मा, कविनशाक्य र नायक विनय श्रेष्ठले सहकार्य गरेका छन् । यसअघि यो फिल्म चैत २३ गते प्रदर्शनमा आउने चर्चा थियो । 
Most Visited News (monthly)