मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

साम्राज्ञीको ‘तिमीसँग’ चैत २३ मा !

फिल्मीखबर, काठमाण्डौ, 2017/11/24
 
यस वर्षको भाद्र ८ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनीत फिल्म 'तिमीसँग' अब चैत २३ गतेबाट देशैभर प्रदर्शनमा आउने कन्फर्म भएको छ । यसअघि भाद्र १६ गते साम्राज्ञी अभिनीत नयाँ फिल्म 'ए मेरो हजुर २' प्रदर्शनमा आउने भएपछि 'तिमीसँग' भाद्र ८ गतेबाट पोस्टपोन्ड भएको थियो । 'तिमीसँग' साम्राज्ञी अभिनीत तेस्रो फिल्म हो । 
 
फिल्मीखबर डटकमसँग कुराकानी गर्दै फिल्मका निर्देशक शिशिर राणाले अब चैत २३ गतेबाट 'तिमीसँग' नसर्ने जानकारी दिए । उनले भने, ‘यसअघि यो मितिमा 'रोमियो एण्ड मुना' प्रदर्शनमा आउने कुरा थियो तर उक्त फिल्म फागुन ११ गते सर्‍यो । हाम्रो सोच त बैशाख १४ थियो तर उक्त मितिमा 'लिलिबिली' र 'कोहलपुर एक्सप्रेस' आउने भएपछि हामीले चैत २३ लक गरेका हौं ।’ 
 
भाद्र ८ लाई प्रदर्शन मिति तोक्दै फिल्मको यसअघि नै दुई गीत र टीजर सार्वजनिक भइसकेको छ । फिल्ममा साम्राज्ञीसँगै नाजिर हुसेन र आकाश श्रेष्ठको मुख्य भूमिका छ । अभिनेता शिशिर राणा यो फिल्मबाट निर्देशनमा डेब्यु गर्दैछन् । फिल्मको कथा पनि निर्देशक तथा निर्माता शिशिरकै हो । 
 
फिल्ममा रोशन भट्टराईको एक्सन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी र सुशिल क्षेत्रीको छायांकन छ । साम्राज्ञी अभिनीत फिल्म 'ए मेरो हजुर २' हिट भएका कारण यसको फाइदा 'तिमीसँग'लाई हुने पक्का छ ।