बलिउड अभिनेत्री दीपिका पादुकोण र प्रियंका चोपडाको कयौं कुरामा तुलना हुने गर्छ तर, यसपटक सञ्जय लीला भंसालीको फिल्ममा 'रानी पद्मिनी' बनेकी दीपिका पादुकोण अब 'जंगली बिल्ली' बन्न तयार भएकी छिन् । हालैमा एक खबर बाहिरिएको छ कि नयाँ फिल्म ‘डन ३’ मा अब दीपिकाले प्रियंका चोपडाको ठाउँ लिन सक्नेछिन् र यसको कारण शाहरुख खान हुन् ।
शाहरुखले यो फिल्मका लागि आफ्नो फेभरेट दीपिका पादुकोणको नाम सिफारिस गरेका छन् । शाहरुख खानसँग फिल्म 'ओम शान्ति ओम'बाट करिअर सुरुवात गरेकी दीपिकाले अहिलेसम्म 'चेन्नई एक्सप्रेस' र 'ह्याप्पी न्यू ईयर' जस्ता फिल्ममा उनीसँग काम गरिसकेकी छिन् । यसपटक 'काशीबाई' र 'मस्तानी'को युद्धमा फेरि मस्तानीले जित्न सक्छिन् र शाहरुखको 'जंगली बिल्ली' बन्ने सम्भावना बढी छ ।
प्रियंका अहिले पूरै हलिउडमा व्यस्त छिन् । उनी हलिउड अमेरिकन टिभी सीरीज 'क्वान्टिको ३' को छायांकनमा व्यस्त छिन् । योसँगै उनले हलिउडको ३ फिल्म साइन गरिसकेकी छिन् । यस्तोमा प्रियंका बलिउडमा ‘डन ३’ बाट कमब्याक गर्ने सम्भावना निकै न्यून छ ।