मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

जहाँ प्रियंका, त्यहाँ आमा

फिल्मीखबर, काठमाण्डौ, 2017/11/24
 
नेपाली फिल्म क्षेत्रमा अभिनेतृ रेखा थापाको हालीमुहाली चलिरहेका बेला नायिका प्रियंका कार्कीको इन्ट्री भयो । त्यो समय थुप्रै नायिका काँचको पर्दामा देखा परे पनि कसैले नायिका थापाको स्टारडमलाई पछि पार्न सकिरहेका थिएनन् । यस्तो अवस्थामा पनि प्रियंकालाई भने दर्शकहरुलाई आफ्नो पक्षमा पार्न धेरै समय लागेन । अहिले रेखा प्रियंकाको छाँयामा पर्न थालेकी छिन् । 
 
फिल्म क्षेत्रमा आएसँगै प्रियंका विभिन्न कारणले सधैं चर्चामा रहिन् । हिटभन्दा धेरै फ्लप फिल्मसँग जम्काभेट भएपनि उनको व्यस्तताले अन्य नायिकाको पसिना छुटाउँछ । उनी एकै सेड्युलमा झण्डै ३ देखि ४ वटासम्म फिल्मको सुटिङ भ्याउँछिन् । त्यसैले त उनी अभिनीत फिल्मको संख्या दिन प्रतिदिन तिव्र गतिमा बढ्दै छ । 
 
यस वर्षदेखि नायक आयुष्मान देशराज जोशीसँगको प्रेममा आफूलाई समाहित गरेकी प्रियंकाको एउटा प्रिय बानी छ । उनी जहाँ जान्छिन् त्यहाँ आमालाई साथमा लैजान छुटाउँदिनन् । नेपाली फिल्म क्षेत्रमा यस्ता नायिका कमै भेटिन्छन् । साम्राज्ञी राज्यलक्ष्मी शाह र रेखा थापा जस्ता केही नायिकालाई मात्र आमासँग प्रायः देख्न गरिन्छ । प्रियंका पनि आफ्नी आमा रक्षा कार्कीको साथ कहिले छुटाउँदिनन् । 
 
आमाछोरीको सम्बन्ध अरूसँगको सम्बन्धभन्दा विशेष हुन्छ । यो सम्बन्धलाई कुनै सम्बन्धसँग तुलना गर्न सकिँदैन । त्यसैले छोरीहरूले अरूसँग भन्न नसकेका, पोख्न नसकेका मनका भावनाहरू आमासँग आएर पोख्छन् । प्रियंका र रक्षा पनि आमाछोरी कम मिल्ने साथी बढी लाग्छ । 
 
'थ्री लभर्स'बाट नेपाली रजतपटमा भित्रिएकी प्रियंकालाई आमा विना मिडियाका क्यामेराले कमै भेटेका छन् । गएको बुधवार राजधानीमा आयोजित 'क्रिटिक्स अवार्ड'मा पनि प्रियंका आमासँगै उपस्थित भएकी थिइन् । प्रियंका नेपालमा हुने कार्यक्रममा मात्र होइन विदेश समेत आमालाई साथमै लैजाने गर्छिन । 
 
सधै आमासँग मात्र देखिने प्रियंकाको बालापन अझै नगएको पो हो कि ? आमाछोरीको मित्रताले यस्ता कानेखुसी पनि चल्ने गर्छन । आमासँगको साथले नै प्रियंकालाई फिल्ममा व्यस्त रहन परिवारबाट भरपुर सहयोग मिलेको स्पष्ट हुन्छ । उनलाई पिता भुपेन्द्र कार्कीसँग पनि धेरै कार्यक्रममा एकसाथ देखिएको छ ।