मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘माई लभ’को ‘सानु माया’ गीत सार्वजनिक

फिल्मीखबर, काठमाण्डौ, 2017/11/24
 
नेपालमा २०७२ साल वैशाख १२ गते गएको महाविनाशकारी भूकम्पको समयमा सुरक्षाकर्मी र उद्दारकर्मीहरुले खेलेको प्रशंसनीय भूमिकामा आधारित भएर निर्माण भएको फिल्म ‘माई लभ’को गीत रिलिज भएको छ । ‘सानु माया’ बोलको गीतका कलाकारहरु गणेश लामा र शितल श्रेष्ठको नृत्य रहेको छ । रामचन्द्र काफ्ले र मीना सिंहको स्वर रहेको गीतमा दीप तुलाधरको संगीत तथा रमेश कोईरालाका शब्द छन् ।
 
 जापानी निर्देशक डा. तोसिआकी इतोहले निर्देशन गरेको फिल्ममा गणेश लामा, नव-कलाकार शितल श्रेष्ठ, जापानी अभिनेत्री रिवन मित्सुतानीको मूख्य भूमिका रहेको छ । यस्तै, नेपाली कलाकारहरु चैत्यदेवी सिंह, चाँदनी लामा, राजु भुजु, मञ्जु श्रेष्ठ र जापानी कलाकारहरु युइची हायाता, शुतारो मत्सुदा, काजुतोशी थासाका, ताक् मियामोतोको समेत अभिनय हेर्न पाइनेछ ।
 
‘माइ लभ’ले आफ्नो देशको महत्वपूर्ण सम्पदा स्थलहरुको महत्व दर्शाउदै तिनीहरुको पुनर्निर्माण र संरक्षण गर्नु सबै नेपालीको दायित्व रहेको सन्देश दिइएको छ । फिल्ममा धरहरा ढल्दै गरेको दृश्यलाई पनि जीवन्त रुपमा देखाइएको छ ।
 
फिल्म क्रियसन नेपालको ब्यानरमा गणेश लामाले निर्माण गरेको माइ लभमा दिनेश सुनामको संगीत, गौरीशंकर धुजुको छायांकन निर्देशन, नारायण जिसीको छायांकन र तारा थापा 'किम्भे'को सम्पादन रहेको छ ।
 
गीत हेर्नुहोस् :-