Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सन्ध्या र कुशलको यस्तो बन्यो ‘ह्याप्पी न्यु ईयर’ ट्रेलर

फिल्मीखबर, काठमाण्डौ, 2017/11/23
 
पुष १४ गतेबाट देशैभर एकसाथ प्रदर्शनमा उत्रिन लागेको फिल्म ‘ह्याप्पी न्यु ईयर’को ट्रेलर रिलिज भएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमका बीच फिल्मको रोमान्टिक र एक्सन ड्रामा मिश्रित कलरफुल ट्रेलर सार्वजनिक गरिएको हो । 
 
देवकुमार श्रेष्ठ निर्देशित यो फिल्मको अधिकांश छायांकन अष्ट्रेलियामा गरिएको हो । लभस्टोरी कथामा निर्मित ‘ह्याप्पी न्यु ईयर’मा कुशल थापा, पुकार गौतम, सन्ध्या केसी, इश्वर थापा, पदम शाक्य लगायतका कलाकारको अभिनय छ । फिल्ममा अस्ट्रेलियन छायाँकार बेन्जामिन ड्रेको छायांकन, विनोद ढकाल र टंक बुढाथोकीको संगीत र कुशल थापाको कथा छ । 
 
फिल्मलाई नायक कुशलकी श्रीमति रती थापाले निर्माण गरेकी हुन् । ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै नायक थापाले ‘ह्याप्पी न्यु ईयर’ले दर्शकलाई खोजे जस्तो मनोरञ्जन दिनेमा दाबी गरे । कार्यक्रममा नायिका सन्ध्या केसी भने अनुपस्थित थिइन् । 
 
ट्रेलर हेर्नुहोस् :-
 
Most Visited News (monthly)