मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

जरीनले आफ्नै फिल्मलाई भनिन् ‘अश्लिल’

एजेन्सी, मुम्बई, 2017/11/23
 
सुपरस्टार सलमान खानको फिल्म 'वीर'बाट बलिउड इन्डस्ट्रीमा भित्रिएकी अभिनेत्री जरीन खानको नयाँ फिल्म 'अक्सर २' बक्स अफिसमा रिलिज भइसकेको छ । तर, फिल्मले दर्शकको साथ पाउन सकेन । फिल्मको विजनेशसँगै टीमको बीच पनि दरार उत्पन्न भएको छ, जुन कुरा हालैमा जरीनले दिएको अन्तर्वार्ताबाट पनि प्रष्ट हुन्छ ।  
 
जरीन खानले आफ्नो यो फिल्मलाई अश्लिल बताएपछि उनको फिल्मका निर्माता नरेन्द्र बजाजसँग टकराव सुरु भएको छ । जरीनका अनुसार, उनलाई यो कुराको आश्वासन दिइएको थियो कि 'अक्सर २' राम्रोे फिल्म हुनेछ तर हरेक सिनमा उनलाई कमभन्दा कम कपडा लगाउन भनियो । 
 
जरीनको यो अभिव्यक्तिपछि फिल्मका प्रड्यूसर निकै दुखी भएका छन् र अब उनले जरीनलाई कोर्टसम्म लैजाने सोच बनाएका छन् । बजाजका अनुसार, जरीनसँग पहिले नै फिल्मको कथावस्तुको विषयमा लामो समय चर्चा भएको थियो तर त्यसबेला उनले कुनै प्रश्न उठाएकी थिइनन् ।  
 
यो पहिलो पटक होइन फिल्म 'हेट स्टोरी ३' मा पनि दर्शकले जरीनको बोल्ड अवतार देख्न पाएका थिए ।