मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ज्योतिषसँग साईत जुराएर ‘सुपर गोर्खे’को पोस्टर रिलिज

फिल्मीखबर, काठमाण्डौ, 2017/11/23
 
'नाइँ नभन्नू ल' गर्ल ऋचा सिंह ठकुरी अभिनीत फिल्म ‘सुपर गोर्खे’को पोस्टर सार्वजनिक गरिएको छ । ज्योतिषसँग साइत हेराएर बिहिबार सवा ११ बजे फिल्मको पोस्टर सार्वजनिक गरिएको हो । पोस्टरमा गुड, व्याड र उग्ली म्यानहरुलाई प्रस्तुत गरिएको छ । नायिका ऋचा भने पोस्टरमा छैनन् । 
 
नायिका ठकुरीले निर्माण गरेको ‘सुपर गोर्खे’लाई राज थापाले निर्देशन गरेका हुन् । अविर हाउस प्रोडक्सनमा बनेको फिल्मले दैवी शक्तिबिना समाजका शक्तिशाली व्यक्तिहरुको कथा बताउँछ । फिल्मको कथालाई मध्यनजर गर्दै समाजका केही शक्तिशाली व्यक्तिलाई सम्मान गर्ने योजना समेत निर्माणपक्षले बनाएको छ । 
 
तारा प्रकाश लिम्बुको संगीत रहेको फिल्ममा सौरभ लामाको छायांकन छ । फिल्ममा ऋचासँगै सुरजसिंह ठकुरी, निराज लुईंटेल, भुपेन्द्र खत्री, सचिन केसी लगायतको कलाकारहरुको अभिनय रहेको छ । फिल्मको टिजर र एक गीत रिलिज भइसकेको छ । 
 
विवाहपछि ‘सुपर गोर्खे’मार्फत कमब्याक गरेकी ऋचाको यो फिल्म मंसिर २९ देखि देशभर लाग्दैछ । 
 
गीत हेर्नुहोस् :-