मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

१० लाखको प्रश्नमा साम्राज्ञी किन चुप ?

फिल्मीखबर, काठमाण्डौ, 2017/11/23
 
'ड्रिम्स'बाट फिल्मी दुनियाँमा इन्ट्री मारेकी साम्राज्ञी राज्यलक्ष्मी शाह अहिलेकी 'हट केक' हुन् । दोस्रो फिल्म 'ए मेरो हजुर २' पनि सुपरहिट भएपछि अहिले साम्राज्ञी नेपालको सबैभन्दा चर्को पारिश्रमिक लिने नायिका बनेकी छन् । केही दिनयता गाइँगुइँ खबर बाहिरिएको छ कि उनले आर्यन सिग्देलको निर्माण र अभिनय रहने फिल्म 'कायरा'मा १० लाख पारिश्रमिक लिएकी छिन् । 
 
बुधवार 'ए मेरो हजुर २' को प्रिमियरका लागि अष्ट्रेलिया उड्ने क्रममा विमानस्थनलमा दर्जनौ सञ्चारकर्मीमाझ घेरिएकी साम्राज्ञीले १० लाखको वास्तविकताको विषयमा मुख खोल्न चाहिनन् । उनले पत्रकारलाई उल्टै प्रश्न गरिन्, 'तपाईलाई आर्यन दाईले के भन्नुभएको छ ?' उनले अगाडि थपिन्, 'मैले 'कायरा' फिल्म साइन गरेको चाहिं हो । तर मैले कति पारिश्रमिक लिएकी थिएँ त्यो भने खुलाउन चाहन्नँ ।' 'इन्टु मिन्टु लन्डनमा' फिल्मका लागि बेलायती दुतावासले भिषा अस्वीकृत गरेपछि साम्राज्ञीले फिल्म 'कायरा' साइन गरेको चर्चा छ । 
 
यस्तै, उनले प्रदीप खड्कासँग 'भैरवी' गर्ने कुरा गलत रहेको पनि प्रष्ट पारिन् । उनले पत्रकारको प्रश्नको उत्तर दिँदै भनिन्, '‘भैरवी’को विषयमा कुरा भएको हो तर फिल्म साइन गरेको छैन ।' पहिलो पटक विदेश भ्रमणमा निस्किएकी साम्राज्ञीले अष्ट्रेलियामा बस्ने नेपालीहरुसँग भेट गर्न आतुर रहेको पनि बताइन् । उनी अभिनीत नयाँ फिल्म 'तिमीसँग' चाँडै प्रदर्शनमा आउँदैछ । विमानस्थलमा समेत साम्राज्ञीलाई सेल्फीका लागि सयौं फ्यानहरुले घेरेका थिए ।